स्पेनिस ला लिगाः बार्सिलोना तेस्रो स्थानमा उक्लियो – Janadesh Daily | ePaper

स्पेनिस ला लिगाः बार्सिलोना तेस्रो स्थानमा उक्लियो


स्पोर्ट्स अपडेट ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा बार्सिलोनाले एल्चीलाई २–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा फ्रेन्किइ डी जोङ्ग र रिक्की पुइगले गोल गरे । डी जोङ्गले ३९ औँ तथा पुइगले ८९ औँ मिनेटमा गोल गरे ।

जितपछि शीर्ष तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको १९ खेलबाट ३७ अंक भएको छ । उ शीर्ष स्थानको एथ्लेटिको मड्रिड भन्दा १० तथा दोस्रो स्थानको रियल मड्रिड भन्दा तीन अंकले पछि रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्