एफए कप फुटबलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग स्तब्ध – Janadesh Daily | ePaper

एफए कप फुटबलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग स्तब्ध


स्पोर्ट्स अपडेट ।

लिभरपुललाई स्तब्ध पारेर म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । चौथो चरण अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ३–२ ले पराजित गरेको हो ।

लिभरपुलका लागि मोहम्मद सालहले १८ र ५८ औँ मिनेटमा गोल गरे । मासन ग्रीनवुडले म्यानचेस्टर युनाइटेडका लागि २६ औँ मिनेटमा बराबरी गोल गरे ।

४८ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गरेका हुन् । ७८ औँ मिनेटमा ब्रुनो फेर्नान्डेसले गरेको गोलले युनाइटेडलाई जित दिलायो र अघिल्लो चरणको यात्रा तय भयो ।

आइतबार राति नै भएका खेलमा लेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३–१ तथा चेल्सीले लुटनलाई पनि ३–१ ले नै पराजित गरे । अरु खेलमा बर्नलीले फुलह्याम तथा एभर्टनले शेफिल्ड वेइनस्डेलाई समान ३–० ले पराजित गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्