‘ओलीले डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीको शैली सिको गर्दैछन्’ – Janadesh Daily | ePaper

‘ओलीले डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीको शैली सिको गर्दैछन्’


जनादेश मिडिया वाच ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैली सिकेको राजनीतिक विश्लेषक पीताम्बर शर्माले बताएका छन्।

सिंगो नेपाली समाज नै लोकतन्त्रका लागि तयार थिएन कि भन्ने भन्ने प्रश्नमा शर्माले भने नेपालमा जुन प्रणाली ल्याउन यतिका समय खर्च गरियो त्यसमै दलहरू इमानदार नभएको उनले बताएका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमबारे लिइएको अन्तर्वार्तामा उनले भने, ‘गणतन्त्र र संघीयताका जुन प्रणाली हामीले ल्यायौं, त्यसअनुसार दलहरुले व्यवहार गरेनन्। हामीले प्रणाली ल्यायौं तर त्यो प्रणाली चलाउने तिनै रहे। तिनको नियत त्यही रह्यो।’

दुई तिहाइको प्रधानमन्त्रीले हास्यास्पद र दुस्साहस गरेको भन्दै उनले आफूले काम गर्न नसकेर प्रधानमन्त्रीले यस्तो कदम चालेका पनि बताए। साथै संसद विघटन कार्य प्रधामन्त्रीको असक्षमताको प्रमाण भएको पनि उनले बताएका छन्।

प्रधानमन्त्रीले रेल पानीजहाज र राम मन्दिरको कुरा झिकेर विकासलाई प्राथमिकता र यसको अनुगमन र निरीक्षण कहिल्यै पनि नभएको आरोप लगाए।

प्रधानमन्त्रीले खाली मलाई काम गर्न नदिएको भन्ने तर्क गरे पनि उनलाई कसले काम गर्न बाटो नरोकेको पनि उनले जिकिर गरे।

आजको कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्ताबाट साभार गरिएको अंश ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्