अक्सफोर्डका बैज्ञानिकहरु नयाँ कोरोनाको प्रकारविरुद्ध पनि खोप विकास गर्दै – Janadesh Daily | ePaper

अक्सफोर्डका बैज्ञानिकहरु नयाँ कोरोनाको प्रकारविरुद्ध पनि खोप विकास गर्दै


अन्तर्राष्ट्रिय अपडेट ।
बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले नयाँ प्रकारको कोरोनाविरुद्ध पनि खोप विकासमा जुटेका छन् । विभिन्न देशमा द्रुत गतिमा फैलिरहेको नयाँ भाइरसको स्ट्रेन (प्रकार) विरुद्ध पनि खोप बनाउन जुटेको जानकारी अक्सफोर्डले दिएको हो ।

वैज्ञानिकका अनुसार अब बन्ने खोपले कोरोनाको नयाँ प्रकारविरुद्ध पनि काम गर्नेछ। खोपको प्रभावमा अन्तर आउनासाथ प्रयोगशालामा सेल कस्चरमार्फत एक दिनभित्रै खोपलाई परिवर्तन गर्न सकिने उनीहरूको दाबी छ।

अक्सफोर्ड विश्वविद्यालयका खोप विकासका प्रमुख सूत्रधार वैज्ञानिक प्राध्यापक साराह गिलबर्टले नयाँ कोरोनाविरुद्धको नयाँ खोप आगामी फेब्रुअरी मध्यसम्म आउने जानकारी दिएकी छन्।

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया कम्पनीले पनि कोभिसिल्डको नाममा उत्पादन गरिरहेको छ।

अक्सफोर्डले आफ्ना सहकर्मी कम्पनीहरूलाई नयाँ खोप उत्पादनका लागि पनि तयार रहन भनेको छ।

यस अघि भारतको सिरम इन्स्टिच्युटले पनि कोरोनाविरुद्धको खोप अक्सफोर्डसँग मिलेर विकास गरेको थियो ।

भारतमा विकास भएको खोप नेपालमा पनि उपलब्ध भैसकेको छ ।

यो पनि हेर्नुस्- खोपबारे तपाइँले थाहा पाउनै पर्ने कुरा, यी कुराबारे नबुझी नलगाउनुस् कोरोनाको खोप

भारतबाट आएको कोरोना खोपबारे सतर्क रहनै पर्ने कुराहरु

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्