प्रचण्ड नेपाल समूहले घोषणा गर्‍यो अर्को चरण आन्दोलन, के के छ तयारी (विज्ञप्तिसहित) – Janadesh Daily | ePaper

प्रचण्ड नेपाल समूहले घोषणा गर्‍यो अर्को चरण आन्दोलन, के के छ तयारी (विज्ञप्तिसहित)


जनादेश, काठमाडौँ ।

नेकपाको प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोमबार पत्रकार सम्मेलन गरि यो समूहले माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रमअनुसार माघ १३ गते काठमाडौँमा सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना र माघ १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जली दिइने छ । यसैगरी माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ।

माघ २२ गते काठमाडौँमा युवा र्‍याली, २६ गते देशव्यापी मशाल जुलुस र २८ गते काठमाडौँमा विरोधसभभा गर्ने घोषणा गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्