प्रदेश २ का कार्यकर्तालाई माधव नेपालले सम्झाएः ओलीविरुद्ध यस कारण लड्नुपर्छ – Janadesh Daily | ePaper

प्रदेश २ का कार्यकर्तालाई माधव नेपालले सम्झाएः ओलीविरुद्ध यस कारण लड्नुपर्छ


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा पुष्पकमल प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रदेश २ का नेता कार्यकर्तालाई केपी ओलीको कदमविरुद्ध aडटेर लड्न आह्वान गरेका छन् ।

कार्यकर्ताहरुसँग भेटघाट गर्दै अध्यक्ष नेपालले यो लडाइँ गलत विचारको विरुद्ध रहेको बताए । पार्टीभित्र पद र कुर्सीको हानाथाप भएको नभई पार्टीलाई बिचार, बिधि, पद्धती र राम्रो कार्यशैलीमा अघि बढाउनको निम्ति र गलत बिचारको विरुद्धको भएको उनको दाबी छ ।

अध्यक्ष नेपालले प्रतिनिधि सभा भंग हुने आधार नभएको र ओलीको चुनाव गराउने इच्छा नभएको पनि जानकारी दिएका छन् । संकटकाल लगाएर अथवा तानाशाह लादेर भएपनि सत्तामा बसिरहने इच्छा ओलीको रहेको उनको भनाई थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्