लागु औषध कारोबारमा संलग्न पाँच पक्राउ | Janadesh Daily | ePaper

लागु औषध कारोबारमा संलग्न पाँच पक्राउ


सप्तरी, १२ माघ । लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा जिल्लाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज एक महिलासहित पाँच जनालाई पक्राउ गरेको छ ।

सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित म्याजिक स्टेशनबाट बा४८प २५१ नम्बरको मोटरसाइकल जाँच गर्दा उदयपुरको त्रियुगा नगरपालिका–१० का २१ वर्षीय निराजन रायमाझी र मोटरसाइकल पछाडि सवार वडा नं २ जोगी दहका २७ वर्षीय बलराम दाहाल खत्री पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट १५ ट्याब्लेट निप्राभेट, २४ ट्याब्लेट स्पाफ्मो प्रोक्सिभोन पुल, पाँच बोतल डाइलेक्स डिसी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

पक्राउ परेका आरोपितसँग थप अनुसन्धान गर्दा कञ्चनरुप नगरपालिका–८ की २५ वर्षीया बविता राउत पक्राउ परेकी छिन् । राउतको घरबाट २५० ग्राम गाँजा, ४० ट्याब्लेट नाइट्रोसन, १५ ट्याब्लेट नाईट्राभेट, ४० क्याप्सुल स्पामो प्रोक्सिभन, तीन वटा डाईल्याब, चार एम्पुल लिजेसिक, छ एम्पुल प्रोमेथाजन र दुई बोतल डाइलेक्स डिसी बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीबाट खटिएको प्रहरी टोलीले तीन जनाविरुद्ध लागुऔषध मुद्दामा कारवाही थालेको छ ।

यसैगरी सप्तरीको डाक्नेस्वरी नगरपालिका–३ हटेलबाट प्रदेश–.२–०३–००७ प ७३१९ नम्बरको मोटरसाइकलमा आइरहेका शम्भुनाथ नगरपालिका–२ का २६ वर्षीय जिगेन्द्रकुमार साह र वडा नं–३ का २० वर्षीय सदाम मियाँ पक्राउ परेका छन् । उनीहरुका साथबाट ३६० गोटी रहेको १२ पत्ता नाइट्रोभेट ट्याब्लेट र २० ग्राम गाजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरी लागुऔषध मुद्दामा कारवाही थालेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्