ज्यानेट यलेन बनिन् अमेरिकाको पहिलो महिला वित्त मन्त्री – Janadesh Daily | ePaper

ज्यानेट यलेन बनिन् अमेरिकाको पहिलो महिला वित्त मन्त्री


अन्तर्राष्ट्रिय अपडेट

ज्यानेट यलेन अमेरिकाको वित्त मन्त्री हुने पक्का भएको छ । माथिल्लो सदन सिनेटले उनको नाम अनुमोदन गरेको हो । अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले ज्यानेटलाई वित्त मन्त्रालयको जिम्मेवारी सुम्पिने गरि उनको नाम मनोनित गरेका थिए ।

सुनुवाईपछि भएको मतदानमा सिनेटले ज्यानेटको नाम अनुमोदन गरेसँगै उनी वित्त मन्त्री बन्ने पहिलो महिला बनेकी छन् । सन् २०१४ देखि २०१८ सम्म अमेरिकी केन्द्रीय बैंकको प्रमुख रहेकी ज्यानेटलाई सिनेटको अर्थ समितिमा रहेका दुवै पार्टी (डेमोक्र्याटिक र रिपब्लिकन) का सांसदले समर्थन गरेका थिए ।

बाइडेन प्रशासनको कोरोना महामारीले सिथिल अर्थतन्त्र उकास्नका लागि अर्थ नीतिका लागि ज्यानेट जिम्मेवार हुने छिन् ।

माथिल्लो सदन सिनेटमा ज्यानेटको अनुमोदनका लागि जनवरी १९ देखि सुनुवाई सुरु भएको थियो ।

एजेन्सीको सहयोगमा ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्