भारतमा ७२ औं गणतन्त्र दिवसः शक्तिशाली हतियार प्रदर्शन गरिँदै, जापानका पूर्वप्रधानमन्त्रीलाई पद्म विभूषण – Janadesh Daily | ePaper

भारतमा ७२ औं गणतन्त्र दिवसः शक्तिशाली हतियार प्रदर्शन गरिँदै, जापानका पूर्वप्रधानमन्त्रीलाई पद्म विभूषण


अन्तर्राष्ट्रिय अपडेट ।
मंगलबार भारतमा ७२ औं गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र दिवसको अवसरमा भारतीय सेनाको सैनिक परेड र सांस्कृतिक झलकहरु प्रदर्शन गरिँदैछ ।

सो क्रममा पहिलोपटक भारतीय सेनाले राफेल लडाकू विमानका साथ टी–९० ट्याङ्क, समविजय इलेक्ट्रोनिक युद्धक प्रणाली, सुखोई–३० एमके आई लडाकु विमान समेत प्रदर्शन गर्ने जनाइएको छ । राफेल लडाकु विमान केही महिनाअघि मात्र भारतले फ्रान्सबाट ल्याएको हो ।

सोमबार भारतीय रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार गणतन्त्र दिवसको अवसरमा आयोजित परेडमा १७ वटा राज्य र केन्द्र शासित प्रदेशहरुका झाँकी, ६ वटा रक्षा मन्त्रालयका झाँकी, केन्द्रीय मन्त्रालय र अर्धसैनिक बलका झाँकीसहित ३२ वटा झाँकी देशका समृद्ध सांस्कृति धरोहर, आर्थिक उन्नती र सैन्य ताकत झल्काउने गरी प्रदर्शन गरिनेछ ।

त्यस्तै गणतन्त्र दिवसका अवसरमा दिइने पद्म विभूषणबाट जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आवे लगायत सम्मानित हुने भएका छन् ।

पद्म सम्मान भारतको सबैभन्दा उच्च नागरिक सम्मानमा समावेश हुन्छ र यसलाई तीन श्रेणीमा प्रदान गरिन्छ – पद्म विभुषण, पद् भूषण र पद्म श्री ।

यसपटक जम्मा सात जनालाई पद्म विभूषण, १० जनालाई पद्म भूषण र १०२ जनालाई पद्म श्रीद्वारा सम्मानित गरिएको छ ।

सम्मान पाउनेमध्ये २९ जना महिला, १० जना विदेशी–एनआरआइ–पीआईओ–ओसीआई श्रेणीमा समावेश छन् । १६ जनालाई मरणोपरान्तत सम्मान दिइएको छ ।

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई पद्म विभूषणद्वारा सम्मानित गरिएको छ ।

पदम विभूषण भारतको सम्मानित पुरस्कार हो ।

एजेन्सीको आयोग ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्