डिजिटल नेपाल फ्रेमवर्क’ मुलुकको रुपान्तरणकारी कार्ययोजना हुने – Janadesh Daily | ePaper

डिजिटल नेपाल फ्रेमवर्क’ मुलुकको रुपान्तरणकारी कार्ययोजना हुने


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ‘डिजिटल नेपाल फ्रेमवर्क’ मुलुकको रुपान्तरणकारी कार्ययोजना भएको बताउनुभएको छ ।

मन्त्री गुरुङले यस कार्ययोजनालाई सफल बनाउन दृढतापूर्वक सरकार लागेकाले यसलाई सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

प्रवक्ता गुरुङले डिजिटल नेपाल फ्रेमवर्कसँग सम्बन्धित सरोकारवाला निकाय र सरकारबीच सहकार्य आवश्यक रहेको समेत स्पष्ट पार्नु भयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा सोमबार मन्त्रालयमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सूचना प्रविधिको क्षेत्रमा समेत अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । त्यसका लागि प्रविधि सम्मेलनको अवधारणा अगाडि सारेका छौं ।”

उहाँले ‘एप’ सार्वजनिक गर्ने नाममा बजेट मात्रै खर्च गर्ने पक्षमा सरकार नरहेको चर्चा गर्नुहुँदै यसको उपादेयताबारे पनि स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विज्ञहरुको राय, सुझावलाई ग्रहण गरेर सूचना प्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञहरुको ‘रोष्टर’ बनाउने कार्यलाई अन्तिम चरणमा पुु¥याएको पनि स्मरण गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयको कामलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढन मन्त्रालय तयार रहेको बताउनु भयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्