विश्वमा कोरोनाः १० करोड भन्दा बढी मानिस संक्रमित, साढे २१ लाखको मृत्यु – Janadesh Daily | ePaper

विश्वमा कोरोनाः १० करोड भन्दा बढी मानिस संक्रमित, साढे २१ लाखको मृत्यु


अन्तर्राष्ट्रिय अपडेट ।

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । हालसम्म कोरोना संक्रमितको संख्या १० करोड दुई लाख ५३ हजार नौ सय २६ पुगेको छ ।

यसैगरी विश्वभर २१ लाख ४८ हजार चार सय २८ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ भने सात करोड २२ लाख ५० हजार एक सय ७३ जना निको भएका छन् ।


कोरोना विरुद्धको खोप लगाउन सुरु भएपछि अझै पनि कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्यामा उल्लेख्य कमी आएको छैन ।

पछिल्लो २४ घन्टामा चार लाख ३३ हजार चार सय ८९ जना संक्रमित थपिएका छन् भने नौ हजार तीन सय ७४ जनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा रहेका छन् । हालसम्म अमेरिकामा चार लाख ३१ हजार दुई सय ८४ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै अमेरिकामा एक हजार सात सय ८८ जनाको मृत्यु भएको छ भने एक लाख ३९ हजार एक सय ५४ जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा छ सय ३१ जना, रुसमा चार सय ५६ जना, बेलायतमा पाँच सय ९२ जना, फ्रान्समा चार सय ४५ जना, इटालीमा चार सय २० जनाको मृत्यु भएको छ ।

७ करोड २२ लाखले जिते कोरोना

विश्वभर ७ करोड २२ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख २९ हजार २१० जना निको भएका छन् ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५८ लाख ४२ हजार २८७ छ । यसमध्ये १ लाख १० हजार ४३८ जनाको अवस्था गम्भीर रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्