पुर्व जनमुक्ति सेना एक ढिक्का छ: कोहि भ्रममा नपरौं !!! – Janadesh Daily | ePaper

पुर्व जनमुक्ति सेना एक ढिक्का छ: कोहि भ्रममा नपरौं !!!


  • May be an image of 1 person, standing and military uniform
    गोबिन्दबहादुर बटाला, पूर्व जनमुक्ति सेना नेपालका बृगिडियर ।

अध्यक्ष कमरेड प्रचण्डले गणतन्त्र ल्याउन जनयुद्धको नेतृत्व गर्दै गर्दा र तत्कालीन जनमुक्ति सेनाले जनयुद्ध लड्दै गर्दा केपी शर्मा ओलीले नेपालमा गणतन्त्र ल्याउछु भन्नु बयलगाडा चढेर अमेरिका पुगिन्छ भने जस्तै हो, भनेर खिसिट्युरी गर्दै हुनुहुन्थ्यो ।

May be an image of 12 people, people standing and military uniform

केपी शर्मा ओली जनयुद्धप्रति कहिल्यै पोजेटिभ हुनु भएन । जनयुद्ध लडेर आएको पुर्व माओवादी समुहलाई वहाँले सधैं आतंककारी, हत्यारा, जंगली भनिराख्नु भयो । वहाँ शान्तिप्रक्रिया र पार्टी एकतापछि पनि जनयुद्धका घाइतेहरुको उपचार गर्न र जनयुद्धका महान सहिदहरुलाई सहिद घोषणा गर्न कहिल्यै तयार हुनु भएन । बरु उल्टै वहाँले पुर्व माओवादीहरुलाई कम्जोर पार्न र जेल हाल्न सधैं षड्यन्त्र गरिराख्नु भयो ।

May be an image of 3 people, people standing and military uniform

जनयुद्ध लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने योद्धालाई अपमानित हुने गरि त्यही गणतन्त्रात्मक सरकारमा हालीमुहाली गर्दै अहिलेसम्म पनि जनयुद्ध कुहिएको फर्सी थियो भन्दै हुनुहुन्छ । केपी शर्मा ओली गणतन्त्र बिरोधि, संघीयता बिरोधि मान्छे हो ।

May be an image of 2 people

भ्रम नहोस् वहाँ कम्युनिस्ट होइन । केपी शर्मा ओलीसँग हाम्रो नत डिएनए मिल्छ नत रगतनै मिल्छ बरु कमरेड मोहन वैद्य किरण, डाक्टर बाबुराम भट्टराई र कमरेड विप्लवसँग हाम्रो डिएनए र रगत मिल्नसक्छ ।

No photo description available.

पार्टी फुटपछि पुर्व जनमुक्ति सेनालाई नै गणतन्त्र बिरुद्ध प्रयोग गरेर जनयुद्धको इतिहास र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र अनुरुप पुर्व जनमुक्ति सेनालाई केपी शर्मा ओलीले ललिपप देखाउदै गोहीको आँसु झारेको कुरामा पुर्व जनमुक्ति सेना स्पष्ट छ कुनै भ्रममा छैन ।

May be an image of 7 people and military uniform

पुर्व जनमुक्ति सेना राजनीतिक बैचारिक सेना हो । पुर्व जनमुक्ति सेना कसैको सत्ता स्वार्थको लागि जसले जता प्रयोग गर्‍यो त्यतै प्रयोग हुने, कसैको गोटी र दास बन्न कदापि सक्दैन ।

May be an image of military uniform

संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक प्रतिगामी कदम चाल्ने संघीय लोकतान्त्रिक गणतन्त्र बिरोधि केपी शर्मा ओली गुटमा प्रचण्डलाई हेग पुर्‍याउछु भन्नेहरु, केहि लोभी पापी, अवसरवादी गद्दारहरु बाहेक ओर्जिनल पुर्व जनमुक्ति सेना, ओर्जिनल पुर्व माओवादी र सच्चा क्रान्तिकारीहरु कोहि गएका पनि छैनन् र जानेवाला पनि छैनन् ।

May be an image of 26 people, people standing and military uniform

आफैले लडेर ल्याएको आफ्नै इतिहास संघीय लोकतान्त्रिक गणतन्त्रको हत्याको मतियार बन्न पुर्व जनमुक्ति सेना कुनै पनि हालतमा तयार हुनैसक्दैन । बरु संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाका लागि आवश्यकता परे फेरि लड्न तयार छ ।

May be an image of 22 people, people standing and military uniform

गणतन्त्रका पिता अध्यक्ष कमरेड प्रचण्ड र अध्यक्ष कमरेड माधवकुमार नेपालले नेतृत्व गरेको मुल पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पुर्व जनमुक्ति सेना एक ढिक्का छ । कोहि भ्रममा नपरौं !!!

May be an image of standing and treeSource:https://www.facebook.com/govindabahadur.batala

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्