विवाहपछि वरुण धवनले अन्य अभिनेत्रीसँग काम नगर्ने ! – Janadesh Daily | ePaper

विवाहपछि वरुण धवनले अन्य अभिनेत्रीसँग काम नगर्ने !


बलिउडका चर्चित अभिनेता वरुण धवन विवाह बन्धनमा बाँधिएका छन् । उनले आफ्नी प्रेमीका नताशा दलालसँग विवह गरेका हुन् । विवाह पश्चात वरुणलाई आफ्ना सहकर्मी, आफन्त र फ्यानहरुबाट बधार्ईको ओइरो आइरहेको छ । यसैबीच, साउथ अभिनेत्री श्रद्धा श्रीनाथले दिएको बधाई सन्देशले भने अहिले सामाजिक सञ्जालमा खैलाबैला मच्चाएको छ ।

श्रीनाथका अनुसार विवाहपछि वरुण अन्य अभिनेत्रीसँग चलचित्रमा नदेखिने बताइएको छ ।

उनले लेखेकी छन्, ‘यो कुराको अफसोस छ कि, हामी अब उनलाई स्क्रीनमा फेरि देख्न सक्दैनौँ, उनको ससुरालीले अब उनलाई अन्य दोश्रो हिरोइनसँग काम गर्न दिनेछैन, हुन सक्छ अब उनी, मेल ओरिएण्टेड फिल्ममा काम गर्नेछन्, उनी कसरी आफ्नो पर्सनल लाइफ र वर्क लाइफमा ब्यालेन्स मिलाउनेछन्, उनलाई मिस गरिन्छ, फेरि पनि शुभकामना वरुण ।’

श्रीनाथको यस ट्वीटसँगै वरुणका फ्यान के अब वरुणले साच्चै अन्य अभिनेत्रीसँग चलचित्र गर्दैनन् त भन्ने प्रश्नको जवाफको पर्खाइमा छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्