जनादेश, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपाने सर्वोच्च अदालतमा मुद्दा पेस गरेका थिए ।
ओलीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै आज मुद्दा दर्ता भएको हो । निवेदनमा शुक्रबार कार्की ब्यांक्वेटमा भएको पार्टी कार्यकर्ता भेलामा ओलीले कानुन व्यवसायी र अधिवक्ताहरूमाथि गरेको अनेकथरी टीकाटिप्पणीले अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको उल्लेख छ ।
नेपालको कानुन अनुसार अदालतको अवहेलनाको आरोप ठहर भए एक वर्ष कैद सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।