लामा नङ पालेर नाम उच्च पार्ने धोको – Janadesh Daily | ePaper

लामा नङ पालेर नाम उच्च पार्ने धोको


जनकपुरधाम, १५ माघ । दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राख्नुभएको छ । सो धोकोलाई साकार पार्न जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीका उहाँ विगत १० वर्षदेखि नङ पाल्दै आइराख्नुभएको छ ।

लामा नङ पाल्नेमा आफू नेपालमै पहिलो व्यक्ति भएको दाबी गर्ने उहाँको हातको औलाको नङ ७, ९ र १० इन्च गरी ४० इन्चको भइसकेको छ । विदेशमा काम गर्ने केही कनकपट्टीवासीले नङका बारेमा प्रचारप्रसार गर्दा केही युएसए र जापानवासीले उहाँलाई नङको संरक्षणका लागि आर्थिक सहयोग पनि गरिरहेका छन् ।

देश, प्रदेश र स्थनीय सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको यादवलाई नङ पालेर विश्व रेकर्ड कायम गर्नका लागि युएसए र जापानवासीले मासिक रु १५ हजार रकम सहयोग गरिरहेको छ । विदेशमा कार्य गर्ने गाउँवासीको प्रचारप्रसारका कारण चार वर्षअघि दुवै देश नागरिकले आफूसँग जनकपुरमा भेट गरी आर्थिकरूपले सहयोग गर्ने क्रम शुरू गरेको उहाँ बताउनुहुन्छ ।

जाडोयाममा सिरक ओढ्ने क्रममा नङको रक्षामा समस्या हुने गरेको बताउँदै यादव भन्नुहुन्छ, “देश र मधेशको नाम उच्च पार्न जस्तोसुकै समस्यासँग लड्न तयार छु ।” स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत यादव विदेशी नागरिकले नङ संरक्षण र प्रवद्र्धनका लागि गरेको सहयोग रकमले नङको संरक्षण कार्यसँगै बचत पनि गर्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, “नङ संरक्षणका लागि सहयोगीबाट प्राप्त रकममध्ये मासिक रु ५०० खर्च हुने गरेको र बाँकी रकम भविष्यलाई ध्यानमा राखी बैंक जम्मा गर्दा हाल रु चार लाख पुगेको छ ।” रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्