यस कारण बल्छ जुनकिरीको पुच्छरमा बत्ती – Janadesh Daily | ePaper

यस कारण बल्छ जुनकिरीको पुच्छरमा बत्ती


जुनकिरी एउटा यस्तो अचम्मको किरा हो जसको आफ्नै शरीरमा बत्ती बल्ने गर्दछ । शरीरमा बल्ने बत्तीकै कारण स(साना बलबालिकाको बिचमा यो निकै लोकप्रिय रहेको छ । बेलुकाको समयमा पुच्छरतिरको भाग बत्ती जस्तै चम्किने भएको जुनकिरीको पनि आफ्नै प्रकारको रहस्य रहेको छ । आफ्नै छुट्टै प्रकारको विषेशता भएको यो अनौठो किरालाई लिएर संसारभरका वैज्ञानिक समेत चकित परेका छन् । यसका साथै वैज्ञानिकहरुले यस रहस्यको खोजी समेत गरिरहेका छन् ।

अनुसन्धानको क्रममा जुनकिरीको शरीरमा बल्ने बत्ती पनि हाम्रो घरमा हुने अन्य बत्तीहरु जस्तै रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । उनीहरुका अनुसार फरक यति मात्रै छ कि अरु बत्तीहरु बल्दा ताप उत्पन्न हुन्छ तर जुनकिरीको जीउमा रहेका बत्ती तापबिना नै बल्ने गर्छ ।

यसरी उत्पन्न हुने विशेष खाले प्रकाशलाई ‘ल्यूमिनेसेन्स’ भनिन्छ । जुनकिरीमा यस्तो प्रकाश ‘लुसिफेरिन्’ नामक तत्त्वको कारणले उत्पन्न हुने गर्छ । यो तत्त्व अक्सिजनसँग मिलेर प्रकाश उत्पन्न हुने गर्दछ । तर, प्रकाश उत्पन्न गर्ने यो प्रक्रिया ‘ल्यूसिफेरेज्’ नामक अर्को तत्त्व नभएसम्म सम्भव हुँदैन । ल्यूसिफेरेजले यो रासायनिक प्रक्रिया पूरा गर्न मद्दत गर्छ तर आफू स्वयम् भने प्रक्रियामा संलग्न नहुने वैज्ञानिक बताउछन् । जुनकिरीको शरीरमा हुने लुसिफेरेजले लुसिफेरिनलाई अक्सिजनसँग मिलेर बल्नमा मद्दत गर्छ ।

अहिले वैज्ञानिकहरुले यस्तै प्रकारको प्रकाशको खोजीमा जुटेका छन् । तर, प्रकाश उत्पन्न गराउन चाहिने रसायन जुनकिरी बाहेक अरुले उत्पादन गर्न मिल्दैन । अझै पनि उक्त रसायनहरु कसरी बन्छन् भन्ने कुरामा नै वैज्ञानिकहरु अल्झिरहेका छन् । यो अहिले पनि प्रकिृतिको एउटा नसुल्झिएको रहस्यको रुपमा रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्