कपिल शर्मा शो बन्द हुँदै, कारण भने रोचक – Janadesh Daily | ePaper

कपिल शर्मा शो बन्द हुँदै, कारण भने रोचक


अन्तर्राष्ट्रिय अपडेट ।

भारतीय टेलिभिजन जगतमा चर्चित कपिल शर्मा शो बन्द हुने भएको छ । ट्वीटरमा गरिएको प्रश्नोत्तर सेसनमा कपिल शर्मा आफैंले कपिल शर्मा शो बन्द हुन लागेको पुष्टि गरेका छन् ।

कपिल शर्मा र उनकी श्रीमती गिन्नी चतरथ चाँडै नै दोस्रो सन्तानलाई स्वागत गर्ने तयारीमा रहेको जानकारी पनि कपिल आफैंले दिएका छन् ।

ट्वीटरमा थुप्रै प्रशंसकले #AskKapil का बेला हास्यकलाकारलाई विभिन्न प्रश्न सोधेका थिए भने कपिलले यसको जवाफ पनि दिएका थिए । एक प्रशंसकले सोधे, ‘कपिल शर्मा सर, शो अफ एयर किन हुँदैछ ?’ यसको जवाफमा कपिल शर्माले भने, ‘किनभने म दोस्रो सन्तानको आगमनका बेला आफ्नी श्रीमतीसँग हुनुपर्नेछ ।’

केही दिन अघि कपिल शर्माको कमेडी शो बन्द हुन लागेको खबर आएको थियो । यद्यपि, च्यानलको तर्फबाट यसबारे कुनै पुष्टि गरिएको थिएन । कपिल शर्माको शो चाँडै नै बन्द हुने र केही समय पछि यो नयाँ सिजनका साथ आउने जानकारीमा उल्लेख छ ।

उता कपिल शर्मा चाँडै नै नेटफ्लिक्समा देखिने भएका छन् । कपिल शर्मा शोबारे खासै धेरै जानकारी सार्वजनिक भएका त छैनन् । केही समय अघि कपिलले आफ्नो युट्युब च्यानलमा बहाइन्ड द जोक्स विद कपिल नामको सिरिजको सुरुवात गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्