जाडो मौषममा के कस्ता खानेकुराहरु खाने – Janadesh Daily | ePaper

जाडो मौषममा के कस्ता खानेकुराहरु खाने


सिद्ध कौशल, काठमाण्डौ । चिसो भएका बेला शरीरलाई न्यायो पार्न धेरै प्रकारका तातो परीकारहरु खाने गरिन्छ । शरीरको हड्डीसहित रुघाखोकीबाट मुक्त हुन, रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि विशेष खानेकुरामा ध्यान दिनु पर्ने हुन्छ । यो बेला स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ जानकारी लिनु अनिवार्य हुन्छ ।

जाडो मौसममा आफूलाई न्यानो राखिराख्न मानिसहरू तातो–तातो चिया पिउने गर्दछन् तर यदि तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो नराखेको खण्डमा यसले तपाईंलाई निकै समस्यामा पार्न सक्छ । जाडो महिनामा लाग्ने रोगबाट बच्नका लागि तपाईंले यस्तो आहार खानु आवश्यक छ जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो राख्न मद्दत गर्दछ ।

जौ, गहुँ र फापर – जाडोमा भात खानु उपयुक्त मानिदैन, यसले शरीरलाई चिस्याउने काम गर्छ । जाडोमा खाने सबैभन्दा राम्रो अन्न जौ, गहुँ र फापर हो । यि अन्नले शरीरमा तातोपना बनाइ राख्ने गर्दछन् ।

आलस – शरीरलाई तातो बनाइराख्न आलसको सेवन प्रभावकारी मानिन्छ। आलसलाई भुटेर पाउडर बनाउने र बिहान दूध वा पानीसँग तीनचार चम्चा खाने । खानामा पनि आलसलाई अचारका रूपमा प्रयोग गर्ने । बेलुका पनि दूध वा पानीसँग आलस खाने । आलसमा ‘ओमेगा थ्री फ्याट्टी एसिड’ हुन्छ, जसले दिमागलाई सामथ्र्यशील बनाउन मद्दत गर्छ भने शरीरलाई तातो बनाइराख्छ ।

काजु, पिस्ता र बदाम – काजु, पिस्ता र बदाममा रहेको तैलीय गुणले शरीरलाई तातो बनाइराख्छ । अरू सामान्य अवस्थामा भन्दा जाडो सुरु भएपछि काजु, पिस्ता र बदाम बढी खान सकिन्छ ।

चिकेन सुप – यदि तपाई मांसाहारी हुनुहुन्छ भने जाडोमा कुखुराको सुप बनाएर पिउनाले निकै लाभ मिल्छ । कुखुराको मासुले शरीरलाई तातो दिने काम गर्छ । यसले रुघाखोकी समेत निको पार्छ ।

मरिच – चिसो मौसममा रुघा, खोकी र ज्वरोसंग लड्नका लागि मरिच निकै प्रभावकारी मानिन्छ । मरीचमा पनि कालो मरीचले शरीरमा तातोपना बढाउनुका साथै रोगसंग लड्ने क्षमता बढाउँछ ।

गेडागुडी तथा माछा मासु – जाडोमा टुसा पलाएको गेडागुडी तथा माछामासुको सेवन गरेमा चिसो लाग्दैन । साथै छाला रुखो हुनबाट समेत बचाउछ । यिनीहरुले शरीरलाई चाहिने शक्तीको मात्रा प्रदान गर्नुका साथै तापक्रम बढाई चिसोवाट बचाउछ ।

दुध तथा अण्डा – अण्डा वा दूधको नियमित सेवनले हाड मजबुत हुनुका साथै शरीरमा तापक्रम बढाउने काम गर्दछ । यसले शरीरमा अत्यधिक तातोपना बढाई चिसोबाट बचाउछ ।

अदुवा – सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ । बहुऔषधिको गुण भएको अदुवाले शरीर दुखाइदेखि लिएर स्त्रीरोगका विभिन्न समस्या समाधान गर्न मद्दत गर्छ । जाडो सुरु भएपछि पाँच–पाँच ग्राम काँचो अदुवा बिहान र बेलुका सेवन गर्नुपर्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्