गाला माथी कालो कोठीको सहस्य जान्नुहोस् – Janadesh Daily | ePaper

गाला माथी कालो कोठीको सहस्य जान्नुहोस्


सिद्ध कौशल, काठमाण्डौ । मानिसको सरिर मा कोठी अर्थात कालो थोप्लो आउनु स्वाभाविक नै हो सबै को त भन्न सकिन्न तर धेरै जसो को मानव सरिर मा १-२ ठाउ मा कोठी देख्न पाइन्छ जस्तै मुख ओठ हात हत्केला गाला निधार , पाखुरा खुट्टा हरुमा कोठी आएको देख्न सकिन्छ !

विशेषगरी मानिस को सरिर को अनुहार मा धेरै कोठीहरू आएको देख्न पाइन्छ कोठी एक प्राकृतिक प्रक्रिया हो यो आफै आउने गर्छ सुन्दर अनुहारमा कालो दाग आउदा सुन्दरता मा निखार त ल्याउछ नै हाम्रो समाज मा सरिर मा कोठी आयो भने कसैको नजर नलाग्ने बिस्वास समेत् छ !

हाम्रो सरिर मा आउने सबै कोठीहरुको महत्व छ ज्वातिश शास्त्र अनुसार कहाँ को कोठीले कस्तो प्रकार को संकेत गर्छ भन्ने बारेमा पनि तल बुदागत रुपमा देखाइएको छ पुरा पढ्नुहोला !

शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् ।तर कोठीको अर्थ भने आ-आफ्नै तरिकाले लगाउने गरिन्छ । यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरको कुन अंगमा भएको कोठीको अर्थ के हुन्छ भनेर चर्चा गरेका छन् ।

बृहतसंहितामा कोठी लाइ पिटकको संज्ञा दिएर एउटा पिटकलक्षणाध्याय भन्ने छुट्टै अध्याय बनाई ब्याख्या गरिएको छ ।

जसको आँखाको सिधा तल कोठी हुन्छ उनीहरु कामूक हुन्छन् । यस्ता ब्यक्ति प्रेममा भावुक बन्छन् । यिनीहरु सहयोगी पनि हुन्छन् ।
औंलामा कोठी भएको ब्यक्ति कार्यकुशल, व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।

चोर औंलामा कोठी हुने ब्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन् । तर यिनीहरुका शत्रु भने धेरै हुन्छन् ।
दायाँ आँखाको कुनामा कोठी भएमा यस्ता ब्यक्ति भावुक हुन्छन् । यस्ता ब्यक्ति अलि डाहाढे स्वभावका हुन्छन् ।

माझी औंलामा कोठी भएमा त्यस्ता ब्यक्ति सुखी हुन्छन् र त्यस्ता ब्यक्तिको शान्तिपूर्ण जीवन हुन्छ ।
जुन ब्यक्तिको आँखाको तल नाकको छेउँमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलिक रहस्यमय हुन्छन् । यिनीहरुलाई बुझ्न कठिन हुन्छ ।

यदि कुनै ब्यक्तिको कोठी नाकको फेँदमा छ भने यस्ता ब्यक्ति कल्पनाशील हुन्छन् । यस्ता ब्यक्तिको काम गर्ने शैली रचनात्मक हुन्छ ।
जसको देव्रे आँखामा कोठी हुन्छ यस्ता ब्यक्ति झगडा गर्न तम्सिने र प्रेम पाउन अपराध समेत गर्ने स्वभावका हुन्छन् ।

बायाँ आँखाको परेलोमा कोठी भएमा त्यस्ता ब्यक्तिको दिमाग तेज हुन्छ यस्ता ब्यक्ति कुटनीतिक ब्यवहार गर्न जान्ने हुन्छन् ।

दायाँ गालामा कोठी हुने ब्यक्ति कामुक हुन्छन् । यिनीहरु प्रेमी वा पार्टनरसँग झगडा गरिरहन्छन् ।
नाकको बायाँ पट्टी कोठी भएमा यस्ता ब्यक्ति कलात्मक हुन्छन् । यस्ता ब्यक्तिको प्रेम सम्बन्ध प्रगाढ हुन्छ भने चामत्कारिक काम
पनि गर्छन् ।

दायाँ ओंठमा कोठी भएमा त्यस्ता ब्यक्तिको स्वभाव मौलिक हुन्छ । यिनीहरुको कल्पना शक्ति उत्तम हुन्छ ।
बायाँ गालामा कोठी हुने ब्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।

जसको चिउँडोमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलि परंपरावादी सोंचका हुन्छन् ।
बायाँ ओंठमा कोठी हुने ब्यक्ति बढी कामुक हुन्छन् । कामुकताकै कारण यस्ता ब्यक्तिलले जीवनमा समस्या पनि झेल्नु पर्ने हुन्छ ।

दाहिने खुट्टामा कोठी हुने ब्यक्ति बुद्धीमान हुन्छन् तर खर्चालु स्वभाव हुन्छ् ।
गर्धनमा कोठी हुने ब्यक्तिलाई बढि आराम चाहिन्छ र आराम पनि मिल्छ ।
नाकमा कोठी हुने ब्यक्तिले यात्रा धेरै गर्छन् ।

दाहिने हत्केलामा कोठी हुने ब्यक्ति बलबान हुन्छन् । बायाँ हत्केलामा कोठी हुने ब्यक्तिको स्त्रीसँगको प्रेम बढी र बलियो हुन्छ ।
दाइने आँखामा कोठी भएमा यस्ता ब्यक्तिले आफ्नी स्त्री पार्टनरलाई अत्याधिक प्रेम गर्छन् । तर बायाँ आँखामा कोठी भएमा स्त्रीसँग झगडा हुन्छ । दाम्पत्य जीवन पनि सुखद् हुँदैन ।

दायाँ गालामा कोठी हुने ब्यक्ति धनी हुन्छन् । यस्ता ब्यक्तिलाई पैतृक सम्पति पनि मिल्छ । तर बायाँ गालमा कोठी हुँदा भने खर्चालु हुन्छन् ।
ओंठमा कोठी हुने ब्यक्तिको सोंच केवल काम बासनामा केन्द्रित हुन्छ । कानमा

कोठी हुने ब्यक्ति अल्पायुका हुन्छन्।
कान्छी औंलामा कोठी हुने ब्यक्ति दुःखी हुन्छन् ।
दायाँ हातमा कोठी हुने ब्यक्ति झगडालु हुन्छन् ।

दायँ छातीमा कोठी हुने ब्यक्ति स्त्रीसँग नजिकिन्छन् । पत्निलाई पनि अधिक प्रेम गर्छन् । बायाँ छातीमा कोठी हुने ब्यक्तिको भने कसै न कसैसँग झगडा भैरहन्छ ।
ज्योतिष शास्त्र अनुसार पुरुषको दाँया अंग र महिलाको बाँया अंगमा कोठी (पिटक) हुनु शुभ मानिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्