घर सजावटका लागि अशुभ मानिन्छन् यस्ता तस्वीर – Janadesh Daily | ePaper

घर सजावटका लागि अशुभ मानिन्छन् यस्ता तस्वीर


एजेन्सी ।

सबै व्यक्तीलाई आफनो घर सुन्दर देखिएको मन पर्छ । त्यसैले गर्दा धेरै जसो व्यक्तीहरु घर सजाउनमा सौकिन हुन्छन् । त्यति मात्र नभएर मानिसहरुले कोठालाई विभिन्न तरिकाबाट सजाउछन् । जसमा मानिसहरु ठूला–ठूला तस्बिर तथा चित्रकला ल्याएर राख्ने गर्छन् । तर तस्बिर राख्दा हामीले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । किनभने सबै तस्वीर घरमा वा कोठामा सजाउन योग्यका हुदैनन् । कुनैकुनै तस्वीरले मानिसमा सकारात्मक उर्जा पैदा गराउँछ भने कुनै तस्वीरले जीवनका हरेका मोडमा नकारात्मक प्रभाव पार्छ ।

वास्तु शास्त्रको अनुसार बजारमा भेटिने हरेक सुन्दर तस्वीरले घर सुन्दर बनाउदैन । जसमा यस्ता केही तस्वीर पर्छन् जसले घरमा अशुभ गराउँछ :

१ यदि कुनै तस्वीरमा पानी बगिरहेको, छागा छाल लहराइरहेको हुन्छ भने त्यस्ता तस्वीर घरमा नल्याउँनुनै उत्तम हुन्छ । किनकी वास्तु शास्त्रको अनुसार जसरी पानी बगिरहेको हुन्छ घरमा रहेको पैसा पनि विना कारण खर्च भइरहने हुन्छ ।

२ डुबिरहेको वा डगमगाइरहेको डुङ्गाको तस्वीर घरमा राख्नुहुँदैन । किनकी हरेक दिन यस्तो तस्वीर हेर्दा मानिसमा गहिरो असर पर्छ । जसले भाग्यमा बाधा पुग्ने बताइन्छ ।

३ बजारमा केहि यस्ता तस्वीर भेटिन्छन् जसमा महाभारत युद्धको दृश्य कैद भएको हुन्छ । उक्त तस्वीर पनि घरमा राख्न नहुने वास्तु शास्त्रमा उल्लेख छ । यदि यस्ता तस्वीर राखेको खण्डमा व्यक्ति आक्रामक हुने र रिसालु हुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्