श्वेता खड्काविरुद्ध प्रहरीमा पुगेकी शुस्मा कुटिएकै हुन् ? के हो कुरा – Janadesh Daily | ePaper

श्वेता खड्काविरुद्ध प्रहरीमा पुगेकी शुस्मा कुटिएकै हुन् ? के हो कुरा


जनादेश वाच ।

अभिनेत्री शुष्मा कार्की नवविवाहित अर्की अभिनेत्री श्वेता खड्काविरुद्ध प्रहरीमा पुगेकी छिन् ।

श्वेताले आफूमाथि दुर्व्यवहार गरेर कुटपिट गरेको दाबी शुस्माले गरेकी छिन् । उनले आरती खड्का र पत्रकार उत्सव रसाइलीले आफूलाई कुटपिट गर्दै गालीगलौज गरेको आरोप लगाउँदै मंगलबार विहान महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् ।

झगडाको प्रमुख पात्र युट्युबुर उत्सव रसाइली भएको अभिनेत्री कार्कीले सञ्चारमाध्यमसँग बताएकी छन् । उत्सवले पनि श्वेताकी बहिनी आरतीले शुष्मालाई एक थप्पड हानेको र कपाल लुछेको सार्वजनिक रूपमा स्वीकार गरेका छन्।

घटना के हो ?
श्वेताकी बहिनी आरतीको एनिभर्सरी मनाउन दरबारमार्गको लन्डन पब क्लबमा भेला भएका थिए। त्यही क्लबमा आएकी शुष्मासँग उत्सवको जम्काभेट भयो । त्यस क्रममा शुष्माले उत्सवलाई श्वेतालगायत नायिकालाई मात्र ‘हाइलाइट’ गरेको तर तर आफूलाई ‘सपोर्ट’ नगरेको भनेर निहुँ खोजिन् । यत्तिकैमा उनीहरूबीच झगडा भयो । यही क्रममा श्वेता पक्ष आएर हस्तक्षेप गरेको हो ।

शुष्माले भने उत्सवले आफूलाई जहिले ‘डाउन’ गरेर बोलिराख्ने गरेको र भेटेका बेला त्यसो नगर भनेर अनुरोध गर्दा विवाद भएको दाबी गरेकी छन्। त्यस क्रममा ‘श्वेता खड्काका मान्छेहरू आएर आफूलाई ह्यारेसमेन्ट गरेको र आरती खड्काले त हातपातै गरेको’ शुष्माको आरोप छ।

उत्सव रसाइलीले भने विवादका क्रममा शुष्माले जातीय रुपमा होच्याउने गाली गरेको सहन नसकेर श्वेताकी बहिनी आएर उनीसँग झगडा गरेको दाबी गरेका छन्।

उत्सवले फेसबुकमा लेखेका छन्, ‘हामी रमाइलो गरिरहेका थियौं। उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। मलाई पनि तँ ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्