सन्नी लियोनीमाथि २९ लाख भारु ठगीको आरोप – Janadesh Daily | ePaper

सन्नी लियोनीमाथि २९ लाख भारु ठगीको आरोप


एजेन्सी ।

भारतीय चर्चित अभिनेत्री सनी लियोनीमाथि ठगीको आरोप लागेको छ । सनी लियोनीमाथि २९ लाख भारु ठगी गरेको आरोप लगाको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । द हिन्दूमा छापिएको रिपोर्ट अजुसार पेरु मबरुरमा बस्ने आर श्रेयस नामका व्यक्तिले सनीविरुद्ध २९ लाख भारु ठगीको आरोप लगाएका हुन् ।

श्रेयसका अनुसार सनी लियोनीले दुई कार्यक्रमका लागि श्रेयससँग सो रकम लिएकी थिइन् । तर, रकम पाएपछि सनि कार्यक्रममा उपस्थित भइनन् । यही सिलसिलामा केरलमा छुट्टी मनाइरहेकी सािलाई केरल क्राइम ब्रान्चले शुक्रबार राती सोधपुछका लागि बोलाएको थियो ।

सनीले सोधपुछका क्रममा कोरोनाका कारण सो कार्यक्रममा भाग लिन असमर्थ रहेको बयान दिएकी छन् । यस्तै, सनीका अनुसार आयोजकले पाँच पटकसम्म सो कार्यक्रम रद्द समेत गरेका थिए । सनिले प्रहरीसँग यदि श्रेयसले अन्य कुनै दिन कार्यक्रमको आयोजना गरेमा आफू उपस्थित हुने बताएकी छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्