दुई दिनदेखि बेपत्ता किशोर भेटिएनन् | Janadesh Daily | ePaper

दुई दिनदेखि बेपत्ता किशोर भेटिएनन्


दमौली । तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किनुभयो । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँड्नुभएका उहाँ क्याम्पस पुग्नुभएन ।

सिमलटारस्थित मामाघर बसेर पढ्दै आउनुभएका ईश्वर बेलुका अबेरसम्म घर फर्किनुभएन । घर नफर्किएपछि ईश्वरका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गर्नुभयो ।

बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता लागेपछि सन्तोषले भाइ हराएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गर्नुभयो ।

मङ्गलबार बिहानदेखि बेपत्ता भएका ईश्वरको बुधबार साँझसम्म केही पत्ता लाग्न नसकेको वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

“दुई दिन भइसक्यो ईश्वरको केही अत्तोपत्तो लाग्न सकेको छैन”, उहाँले भन्नुभयो, “बजार क्षेत्रको सिसिटिभी फुटेज पनि हेर्याँै, केही जानकारी प्राप्त हुन सकेन ।” जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले किशोरको खोजीकार्य तीव्र पारिएको जानकारी दिनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्