के पाएर ओलीलाई ‘राजा’ भनिरहेका छन् केही वकिल ! यसरी बगाइएको रहेछ पैसाको खोलो – Janadesh Daily | ePaper

के पाएर ओलीलाई ‘राजा’ भनिरहेका छन् केही वकिल ! यसरी बगाइएको रहेछ पैसाको खोलो


जनादेश वाच ।

प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा सर्वोच्च अदालतको संबैधानिक इजलासमा बहस गरिरहेका प्रधानमन्त्रीका निजी कानुन व्यवसायी अधिवक्ता रामचन्द्र गौतमले गत माघ २९ मा प्रधानमन्त्रीलाई राजा र श्री ३ को जस्तै अधिकार रहेको दाबी गरे ।

‘प्रधानमन्त्रीलाई राजा बराबर अधिकार दिएको छ। श्री ३ बराबर हो। संविधानले पावर दिन्छ। कसले के बोल्यो हेर्न हुन्न। धारा २ अनुसार प्रधानमन्त्री जनतामा जानुभएको हो’ उनले तर्क गरेका थिए ।

विघटनको मुद्दामा विपक्षी बनाइएका प्रधानमन्त्री ओलीका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र सरकारी वकिलबाहेक ३२ जना वकिलले बहस गरेका छन् । र अधिकाँशका तर्क ओलीलाई राजा र श्री ३ मान्ने खालकै छन् ।

प्रधानमन्त्रीका तर्फबाट बहस गर्न पूर्वराजाका महान्यायाधिवक्तादेखि राप्रपाका पूर्वकेन्द्रीय सदस्यसमेत भइसकेका वरिष्ठ अधिवक्ता सर्वोच्चमा बहसमा उत्रिएका थिए ।

धेरैलाई जिज्ञासा छ यिनीहरुले के पाएर यसरी ओलीलाई राजा र भगवान जस्तो मानिरहेका छन् । खास कारण चाँहि उनीहरुले राज्यकोषबाट मनलाग्दी पैसा पाएर यस्तो गर्न सकेको कागजातले पुष्टि गरेको छ ।

सरकारी तलब खाने महान्यायाधिवक्ता कार्यालयबाहेक थुप्रै वकिलहरुलाई राज्यकोषबाट लाखौँ रकम निकासा गरिसकिएको र कतिपयको गर्न तयार पारिएको तथ्य जनादेशले फेला पारेको छ । केही वकिलहरुलाई भुक्तानी समेत गरिसकिएको प्रधानमन्त्री कार्यालयबाट प्राप्त कागजातले देखाएका छन् ।

प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले सबैभन्दा धेरै रकम लिएका छन् । पन्तको ल फर्म ‘जुरिस्ट एन्ड कम्पनी प्रालि’ले रजिष्ट्रेसन र बहस शुल्क भन्दै एकै दिनमा दुईवटा छुट्टाछुट्टै बिलमार्फत् करिब ७ लाख रुपैयाँ रकम लिएको देखिन्छ । पन्तको ल फर्मले माघ २३ गते बिल नम्बर १६२ र १६३ बाट ३/३ लाख र त्यसमा लाग्ने १३ प्रतिशत भ्याटसहित कुल ६ लाख ७८ हजार रुपैयाँ दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेका छन् ।

त्यसैगरी वरिष्ठ अधिवक्ता विष्णु भट्टराई र डा. सुरेन्द्र भण्डारीलाई पनि प्रधानमन्त्री कार्यालयबाट जनही ५ लाख रुपैयाँ भुक्तानी दिइएको स्रोतले जानकारी दिएको छ । अर्का वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलाई प्रधानमन्त्री कार्यालयबाट ४ लाख ८८ हजार १ सय ६० रुपैयाँ भुक्तान गरिएको छ । वरिष्ठ अधिवक्ता माधव बाँस्कोटाले प्रधानमन्त्री कार्यालयबाट ३ लाख र त्यसमा लाग्ने भ्याट रकम बुझेका छन् ।

कुनै व्यक्तिको तर्फबाट बहस गरिदैँछ भने सोही व्यक्तिले बहस शुल्क तिर्नुपर्ने नियम रहेपनि प्रधानमन्त्री ओलीले आफ्नो बचाउका लागि नियुक्त गरेका १ सय ७५ जना वकिललाई राज्यकोषबाटै रकम बाँडेका छन् ।

राज्यकोषबाट रकमको खोलो बगाएर नै ओलीको पक्षमा पूर्वराजावादीहरुले समेत लाइन लागेर बचाउ गरेको पुष्टि भएको छ ।

भिम उपाध्यायले आफ्नो फेसबुकमा यसरी खुलस्त लेख्नु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्