सुशान्तसँग काम गरेका अभिनेता सन्दीपले पनि गरे आत्महत्या, भावुक सुसाइड नोट – Janadesh Daily | ePaper

सुशान्तसँग काम गरेका अभिनेता सन्दीपले पनि गरे आत्महत्या, भावुक सुसाइड नोट


अन्तर्राष्ट्रिय अपडेट ।

बलिउड अभिनेता सन्दीप नाहारले आत्म हत्या गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सन्दीपले मुम्बईस्थित गोरेगाउँमा आफ्नो घरमा कथितरुपमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनीमा आधारित चलचित्र ‘एमएस धोनी द अन्टोल्ड स्टोरी’ मा सन्दीपले सुशान्तसिंह राजपूतको साथीको भूमिका निभाएका थिए ।

यसको अलावा चलचित्र ‘केसरी’ मा अक्षय कुमारसँग बट्टा सिंहको भूमिकामा देखिएका थिए । त्यस्तै, उनले वेबसिरिज ‘कहने को हमसफर’ मा पनि काम गरेका थिए ।

घटनाको केही घण्टाअघि उनले आफ्नो फेसबुक पेजमा एक सुसाइड नोट पोष्ट गरेका थिए । जसमा उनले लेखेका थिए, ‘अब जिउने इच्छा नै छैन ।’

त्यसको साथै उनले फेसबुकमा १० मिनेटको भिडियो पोष्ट गरेका छन् जसमा उनले पारिवारिस समस्या र वैवाहिक जीवनसँग जोडिएका अप्ठ्याराको बारेमा बताएका छन् । भिडियोमा उनले भनेका छन्, ‘अवस्था यति खराब भइसकेको छ कि म सहन गर्न सकिरहेको छैन ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्