प्रचण्ड-नेपाल समूहको चौथो चरण आन्दोलन सुरु, आज जिल्ला-जिल्लामा, भोलि टुँडीखेल घेराउ – Janadesh Daily | ePaper

प्रचण्ड-नेपाल समूहको चौथो चरण आन्दोलन सुरु, आज जिल्ला-जिल्लामा, भोलि टुँडीखेल घेराउ


जनादेश अपडेट ।

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड- माधव कुमार नेपाल समूहले आज चौथो चरणको आन्दोलन थाल्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि पुस ५ पछि आन्दोलीत यो समूहले आज आजदेखि २१ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम गर्न लागेको हो ।

भोलि काठमाडौंको टुंडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम छ। कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए।

पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि दाहाल-नेपाल समूह आन्दोलनमा छ। यो समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौँमा प्रदर्शन गरेको थियो।

काठमाडौँबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो ।

अध्यक्ष पुष्मकमल दाहाल प्रचण्डले संयुक्त आन्दोलन पनि छिट्टै सुरु हुने दाबी गरेका छन् । प्रचण्डले यो संघर्षको नेतृत्व गर्न थालेको प्रधानमन्त्री पाउनका लागि गरेको सोच्नु गलत धारणा रहेको पनि बताएका नन् ।

मुलुकको राजनैतिक संकट समाधान गर्न प्रतिपक्षीको डिमाण्डलाई स्विकार गरेको र संसद पुर्नस्थापनाको आन्दोलनलाई संयुक्त बनाउन लागेको दाबी उनको छ ।

प्रचण्डले केपी ओली पक्षधरका ९० प्रतिशत सांसद पनि संसद विघटनको पक्षमा रहेको दावी पनि गरेका छन् । तर गुटको कारण बोल्न नसकेको दावी उनको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्