लुम्बिनी प्रदेशमै उत्कृटः राप्ती इन्जिनियरिङ कलेज – Janadesh Daily | ePaper

लुम्बिनी प्रदेशमै उत्कृटः राप्ती इन्जिनियरिङ कलेज


May be an image of 1 person and smiling

धनेश्वर चौधरी,दाङ । इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा १३ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती इन्जिनियरिङ कलेज । यो कलेज दाङको घोराहीउप–महानगरपालिका–१६, सानीअम्बापुर सर्रामा रहेको छ ।

May be an image of 6 people and people smiling

कलेजले विभिन्न कार्यक्रममा गरी ३ सय १२ विद्यार्थीहरुलाई भर्ना गर्ने गर्छ । साथै ३० जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको व्यवस्थागर्न थालेको कलेजका प्राचार्य रेशमगिरीले जानकारी दिए ।

May be an image of 21 people, including Shailendra Giri and people smiling

पोखरा विश्वविद्यालयबाट सम्बन्धप्राप्त गरी विश्वविद्यालय अन्तर्गत हाल यस कलेजले बि. ई. सिभिलइन्जिनियरिङ, इलेक्ट्रिोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ र बि. सि. ए. कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । त्यस्तै, सी.टी.ई.भि.टी. अन्तर्गत ३ वर्षे कम्प्युटर ओभरसियर र १८ महिने सिभिल सव–ओभरसियर, इलेक्ट्रिकल सव–ओभरसियर र अमिन कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

May be an image of 8 people, including Sujan Amgain and Govind Oli and people smiling

कलेजमा नेपालका विभिन्न जिल्लाबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेको निर्देशक मधुसुदन वैद्यले बताए । कलेजले अन्तर्राष्ट्रिय स्तरको ISO 9001:2015 मान्यता समेत प्राप्त गरेको छ । जसले गर्दा कलेजले उत्पादन गरेको जनशक्ति वा विद्यार्थीहरुले अन्तराष्ट्रिय स्तरमा समेत सजिलैसंग रोजगारी पाउन थालेका छन् ।

May be an image of 7 people and people smiling

स्थापनाको पहिलो व्याच बि. ई सिभिल((२०११–२०१५) मै इञ्जिनियरिङ संकायमा पोखरा विश्वविद्यालय प्रथम हुन सफल तथा बि. सि. ए. को पाँचौ व्याच (२०१३–२०१७) मा बि. सि. ए. कार्यक्रमतर्फ गोल्ड मेडल प्राप्त गर्न सफलभएको छ । त्यस्तै डिप्लोमा इन कम्प्यूटर इञ्जिनियरिङ, अमिन, सिभिल सव–ओभरसियर र इलेक्ट्रिकल सव–ओभरसियरमा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

May be an image of 40 people and people smiling

कलेजका अध्यक्ष भीमसेन गिरीका अनुसार कलेजबाट पास भएका ९० प्रतिशत विद्यार्थीहरुले रोजगारी प्राप्त गरिसकेका छन् बि. ई. सिभिलतर्फ शतप्रतिशत, बि. सि. ए. तर्फ ९८ प्रतिशत, कम्प्युटर ओभरसियर तर्फ ९१ प्रतिशत र अमिनतर्फ ८२ प्रतिशत र इलेक्ट्रिकल सव ओभरसियर तर्फ ८७ प्रतिशत र सिभिल सव–ओभरसियरमा ७५ प्रतिशत विद्यार्थीहरुले रोजगारी प्राप्त गरेका प्रबन्ध निर्देशक गिरीको दाबी छ ।

May be an image of 11 people and people smiling

अध्यक्ष गिरी यसलाई कलेजको उपलब्धिका रुपमा लिन्छन् । राप्तीइन्जिनियरिङ कलेजमा अध्ययन गरेर पास भएका विद्यार्थीहरु सरकारी, गैरसरकारी, संघ सस्था, स्कुल, कलेज तथा वैदेशिक रोजगारीका क्षेत्रमा संलग्न भएको प्राचार्य गिरीले जानकारी दिए ।

May be an image of 20 people, including Sulochan Chaudhary and people smiling

कलेजमा अध्ययन गर्न आउने विद्यार्थीहरुको चापलाई ध्यानमा राख्दै कलेजले विश्वविद्यालयतर्फ यस वर्षदेखि बि. ई. कम्प्युटर र बि. ई. सिभिलतर्फ सेक्सन थप गर्न लागेको छ । त्यस्तै सीटीईभीटीतर्फ पनि सिभिल ओभरसियर, आर्कीटेक्चर इञ्जिनियरिङ, इलेक्ट्रिकल ओभरसियर, बाली विज्ञान, पशु विज्ञान र वन विज्ञानको कक्षा थप गर्न लागेको जानकारी गराउनु भएको थियो । यस क्षेत्रकै नमुना कलेजको रुपमा स्थापितहुन सफल यो कलेजले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

May be an image of 1 person

May be an image of 3 people

No photo description available.

May be an image of 12 people, including Shailendra Giri

May be an image of 7 people and people smiling

May be an image of 7 people

May be an image of 8 people and people smiling

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्