गोपनियताका लागि भाइबर एप उत्कृष्टः सर्वेक्षण – Janadesh Daily | ePaper

गोपनियताका लागि भाइबर एप उत्कृष्टः सर्वेक्षण


जनादेश, काठमाण्डौ । सजिलो र निःशुल्क सञ्चारको लागि विश्वको एक अग्रणी एप–राकुटेन भाइबरले विश्वव्यापी रुपमा गरेको इन्–एप स्वैच्छिक मत सर्भेक्षण अनुसार नेपालका ८६ प्रतिशत भाइबर प्रयोगकर्ताहरुले डिजिटल गोपनीयताले धेरै महत्व राख्ने मत दिएका छन् । सो सर्भेक्षणमा विश्वका करिब ३ लाख ४० हजार जनाले सहभागीता जनाएका थिए ।

कोभिड–१९ को संकटले जीवनको धेरै पक्षहरुलाई डिजिटाइजेसनको गतिलाई निरन्तरता दिने क्रम जारी छ । शिक्षादेखि काम र कामदेखि स्वास्थ्य उपचारसम्मका लागि मानिसहरुले आफ्ना आफन्तहरु, साथीहरु र सहकर्मीहरुसँग सम्पर्क बनाइ राख्न एपहरु र डिजिटल फर्महरुलाई अँगालिरहेका छन् । राकुटेन भाइबरले हालै यो रुपान्तरणको दौरान गरेको मत सर्भेक्षणले डाटा गोपनीयता प्रयोगकर्ताका लागि अझै उच्च प्राथमिकतामा परेको स्पष्ट भएको दावी गरेको छ ।

सर्भेमा भाग लिएका क्षेत्र बाहिरका सहभागी देशहरु जस्तै युरोप, मध्यपूर्व, उत्तर अफ्रिका र एशिया प्यासिफिकमध्ये मत सर्भेक्षणले नेपालले डिजिटल गोपनीयतालाई अत्यन्त चासो राख्ने गरेको प्रष्ट्याएको छ । व्यक्तिगत सञ्चार र पूर्वनिर्धारीत एंड–टु–एंड इक्रिप्सन प्रणालीयुक्त विशेषतालाई नेपाली प्रयोगकर्ताले ठूलो महत्व दिएका छन् ।

५ वटा विभिन्न विकल्पहरु मध्ये ६७ प्रतिशत उत्तरदाताले उनीहरुको वार्तालापको गोपनीयता कायम हुने सुनिश्चिततालाई उच्च प्राथमिकतामा राखेका छन् । दोस्रो सबैभन्दा बढी मत प्राप्त गरेको विशेषता, जसले १९ प्रतिशत मत प्राप्त गरेको छ । त्यसमा एपभित्र र बाहिर अरुहरुसँग कुन डाटा साझा गर्न सकिन्छ भन्नेमा अनुकूल समाधानहरु हुनु पर्नेमा रहेको छ ।

भाइबरको व्यक्तिगत कलहरु र च्याटहरु एंड–टु–एंड इक्रिप्टेड गरिएका छन् । ग्रुप च्याटमा कोही पनि जोडिन वा आमन्त्रित हुन अनुमतिबिना असम्भव छ । यसका अलावा, भाइबरले आफ्नो गोप्य च्याट विशेषतामार्फत गोपनीयताको एक अर्को तह पनि प्रदान गरेको छ । जुन पिनको सहायताले मात्र चलाउन सकिन्छ । एजेन्सी र कारोवार दैनिकको सहयोगमा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्