विराटनगरमा ओलीविरुद्ध चर्को नारावाजी, बादललाई कालो झण्डा – Janadesh Daily | ePaper

विराटनगरमा ओलीविरुद्ध चर्को नारावाजी, बादललाई कालो झण्डा


No description available.

जनादेश, काठमाडौँ ।

विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जुलुस निकालिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले आज विराटनगरमा गर्न लागेको बृहत जनप्रदर्शनका क्रममा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

ओली पक्षको जनसभामा सहभागी हुन निस्किएको हजारौँ सहभागी जुलुसमा जिन्दावादको नारा लागेको छ भने प्रचण्ड–माधव पक्षले मुर्दावादको नारा लगाएका छन् ।

प्रचण्ड–माधव पक्षका कार्यकर्तालाई सुरक्षाकर्मीले अवरोध गरेको छ । ओली पक्षले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमको पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको जनाएको छ । विराट नर्सिङ होमका पूर्वतर्फको मैदानमा ओली पक्षले आयोजना गरेको सभामा दुई लाख जनता उतार्ने बताइएको छ ।

(प्रचण्ड–माधव) समूहका विधार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाका छ्न । विद्यार्थी र कार्यकर्ताहरुले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको भन्दै नाराबाजी गरेका छन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्