आन्दोलन गर्ने ओलीको चेतावनीपछि विश्व प्रकाशको कडा टिप्पणी – Janadesh Daily | ePaper

आन्दोलन गर्ने ओलीको चेतावनीपछि विश्व प्रकाशको कडा टिप्पणी


जनादेश सोसल मिडिया वाच ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले संसद विघटनको निर्णय सदर नगरे आन्दोलन हुने चेतावनी दिएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गम्भीर आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले विराटनगरबाट अदालतलाई दबाब दिने गरी अभिव्यक्ति दिएको र प्रधानमन्त्रीको उक्त दबाब पदीय मर्यादा विपरीतको भएको शर्माको भनाई छ ।

प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले अदालत दबाबमा नपरोस् भन्दै दाबबमूलक मन्तव्य राखेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले अहिलेसम्म न्यायालयको फैसला स्वीकार्छौं कहिलै नभनेको भन्दै चेतावनी प्रशारण गर्ने जंगेशैली लोकतान्त्रिक हुन नसक्ने बताए।

‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगर मन्तव्य पदीय गरिमा विपरीत छ’, प्रधानमन्त्री ओलीलाई मेन्सन गदै प्रवक्ता शर्माले लेखेका छन्, ‘ न्यायालयको फैसला स्वीकार्छौं कहिलै नभन्ने र चेतावनी प्रशारण गर्ने जंगेशैली लोकतान्त्रिक हुन सक्दैन।’

प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताएका थिए। ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबाबमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न’, उनले भनेका थिए। उनले सेटिङ भएर जनताको विपक्षमा फैसला आए आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए।

संसद विघटन बदर हुने माहौल बढेपछि प्रधानमन्त्रीको अत्तालिएको बोली आएको हो । ओली पक्षको प्रदेश एकले शनिबार विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव चिन्ह सूर्य आँफैले पाउने जिकिर गर्दै सर्वोच्चको निर्णय पनि आफू अनुकुल हुने दाबी गरेका थिए ।

सर्वोच्च अदालतले देशभरको सभा हेरिरहेको होला भन्ने टिप्पणी गर्दै ओलीले जालझेल र सेटिङमा देश र जनताविरुद्ध फैसला भए आफूहरुको आन्दोलन फेरि अगाडि बढ्ने चेतावनी दिएका पनि दिएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्