ओलीलाई बाबुरामको प्रश्नः सेटिङ कसले गर्छ? यस्ता व्यक्ति प्रधानमन्त्री रहन मिल्छ ? – Janadesh Daily | ePaper

ओलीलाई बाबुरामको प्रश्नः सेटिङ कसले गर्छ? यस्ता व्यक्ति प्रधानमन्त्री रहन मिल्छ ?


जनादेश सोसल मिडिया वाच ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्‍याएका छन् ।

शनिबार विराटनगरमा ओलीले दिएको अभिव्यक्तिले अदालतलाई दबाब दिएको पुष्टि भएको दाबी गर्दै बाबुरामले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा ‘जनताका पक्षमा फैसला नआए आन्दोलन हुन्छ’ भनेर भाषण गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।

डा. भट्टराईले प्रश्न गरेका छन्, ‘देशको प्रमले नै ‘कुनै सेटिङ/फेटिङ भएर संसद् विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ?’

बाबुरामले सोधेका छन्, ‘यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो? सत्ता कब्जा गरेर बस्नेको संलग्नताबिना कसले सेटिङ गर्ने हो? अदालतमाथिको दबाब पुष्टि भएन र?’

प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताएका थिए।

‘सम्मानित सर्वोच्च अदालतले कुनै दबाबमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न’, उनले भनेका थिए। उनले सेटिङ भएर जनताको विपक्षमा फैसला आए आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए।

यो पनि हेर्नुस्- आन्दोलन गर्ने ओलीको चेतावनीपछि विश्व प्रकाशको कडा टिप्पणी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्