गोपाल किराँतीको आक्रामक टिप्पणीः ‘विप्लवलाई चिन्न ५ वर्ष पनि लाग्दैन’ – Janadesh Daily | ePaper

गोपाल किराँतीको आक्रामक टिप्पणीः ‘विप्लवलाई चिन्न ५ वर्ष पनि लाग्दैन’


जनादेश सोसल मिडिया वाच ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले नेत्रविक्रम चन्द विप्लवको समूह सरकारमा जाने तयारीप्रति कडा प्रतिक्रिया जनाएका छन् ।

आज उनले एक फेसबुक स्टाटस लेख्दै विप्लवको सम्भावित सत्ता राजनीतिप्रति आक्रामक टिप्पणी गरेका हुन् । किराँतीले, ‘विप्लवलाई चिन्न ५ वर्ष पनि नलाग्ने’ ठोकुवा गरेका छन् ।

किराँतीले लेखेका छन्, ‘राजकीय सत्तासीन भएपछि ओलीलाई चिन्न ३० बर्ष र प्रचण्डलाई चिन्न १५ बर्ष लाग्यो भने विप्लबलाई चिन्न ५ बर्ष पनि लाग्दैन। सत्ता साझेदारी खोजेका विप्लब समुहको राजनीतिक मृत्युको कारण अवस्तुवादी दृष्टिकोण तथा उपभोक्तावादी सँस्कृति हो।’

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले एक वक्तव्य जारी गर्दै सत्तारुढ ओली समूहसँग वार्ताका लागि तयार रहेको बताए लगत्तै जनयुद्ध कालमा विप्लवसँग घनिष्ठ रहेर सहकार्य गरेका किरातीको यो स्टाटस आएको हो ।

इतिहासकै कमजोर बनेका प्रधानमन्त्री ओलीले प्रतिबन्धित विप्लव समूहसँग निकटताको सम्बन्ध कायम गर्न खोजेका छन् । ओलीले शनिबार नै विप्लवमाथिको प्रतिबन्ध हटाउने तयारी गरेका थिए । तर अन्तिम समयमा आएर उक्त तयारी रद्ध भएको बुझिएको छ ।

प्रधानमन्त्री केपी ओलीले प्रतिबन्ध हटाउने विप्लव समूहका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर एउटै समयमा संवादको घोषणा गर्ने सहमति भएको पनि श्रोत बताउँछन् । त्यसैकारण शनिबार नै विप्लवले विज्ञप्ति निकालेका थिए ।

सरकारसँग हालै भएको गोप्य वार्तामा उक्त पार्टीका तर्फबाट विप्लव या उनले सुझाएका प्रतिनिधि प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिमण्डलमा जाने सहमतिसमेत भएको सरकारी उच्च स्रोतले दाबी गरेको छ ।

यो पनि हेर्नुस् _ प्रतिबन्ध हटाएर वार्ताको तयारी, के विप्लव समूह ओली सरकारमा जान तयार भएको हो !

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्