‘ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला ?’ – Janadesh Daily | ePaper

‘ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला ?’


जनादेश, काठमाडौँ ।

स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि भारत पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले उपचारका लागि भारत जानुपरेकोमा लज्जित भएको बताएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो भन्ने पत्ता लगाउन विदेशतिर लाग्नु पर्दा लज्जित र दुखित भएको बताएका छन् ।

२१औं शताब्दीमा समेत उपचारका लागि देशबाहिर हिड्नु परेको बताउँदै भट्टराईले लेखेका छन् ,’मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू !अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित र दुस्खित छु । २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु !सामान्य नागरिकको के होला ?

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्