झुटो विवरण पेश गरि नाबालक परिचयपत्र बनाउन खोज्ने भण्डारी पक्राउ – Janadesh Daily | ePaper

झुटो विवरण पेश गरि नाबालक परिचयपत्र बनाउन खोज्ने भण्डारी पक्राउ


म्याग्दी ।

म्याग्दीमा झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने आज पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीको नाबालक परिचयपत्र बनाउन आफ्नो छोरी भएको नक्कली कागजात पेश गरेका रेशमबहादुरलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । “रेशमबहादुरले पेश गरेका कागजात शङ्कास्पद भेटिएपछि प्रशासनको निर्देशनमा छानबिनका लागि नियन्त्रणमा लिएका हौँ,” उहाँले भन्नुभयो, “झुटा विवरण पेश गरेर लिखतसम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका रेशमबहादुरमाथि थप छानबिन गर्न अदालतबाट म्याद थप गर्न अनुमति मागेका छाँै ।”

प्रारम्भिक बयानका क्रममा रेशमबहादुरले दिवालाई विदेश (जापान) पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताएका छन् । सोह्र वर्षभन्दा कम उमेरका व्यक्ति विदेश जानका लागि नाबालक परिचयपत्र बनाउनुपर्छ । रेशमले दिवाको नाबालक परिचयपत्र बनाउन शुक्रबार प्रशासनमा कागजात पेश गरेका थिए । रेशमले पेश गरेका कागजात शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्