आलुले तौल घटाउँछ ! तर कसरी ? – Janadesh Daily | ePaper

आलुले तौल घटाउँछ ! तर कसरी ?


सामान्यतया आलुलाई शरीरको तौल बढाउने जिम्मेवार खाद्यवस्तुका रुपमा लिइन्छ । तर यसलाई सही तरिकाले प्रयोग गरेमा तौल नियन्त्रणमा सहयोग पुग्छ । साथै यसबाट शरीरमा विभिन्न किसिमका पोषक तत्वहरुको आपूर्ति पनि हुन्छ । आलु संसारका प्रायः सवै भागमा मन पराएर खाइन्छ । आलुबाट हजारौँ किसिमका परिकार बनाउने गरिन्छ ।

यसरी बनाइने सबै परिकारहरु स्वास्थ्यका लागि लाभदायक मान्न सकिन्न । कतिपय परिकारले शरीरको तौल बढाउने पनि गर्छ । यसकारण आलुको परिकार सही तरिकाले बनाएर खानु उपयुक्त हुन्छ । आलुबाट बनाइने कैयौँ किसिमका परिकारमा प्रशस्त मात्रामा तेल–घिउको प्रयोग गर्ने गरिन्छ ।

फ्रेन्च फ्राइलगायतका परिकारमा धेरै चिल्लो प्रयोग हुने भएकाले यसमा कार्बोहाइड्रेड र कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । यसबाट शरीरको तौल पनि बढ्छ । तर आलुलाई थोरै चिल्लो राखेर तरकारी पकाउने, उसिनेर खाने, सलाद बनाउने, अचार बनाउने आदि गरेर खाएमा शरीरमा धेरै किसिमका पौष्टिक तत्वहरु प्राप्त हुन्छन् र शरीरको तौल नियन्त्रण गर्न पनि सहयोग पुग्छ ।

अनुसन्धानबाट पाइएअनुसार आलुलाई सही तरिकाले पकाएर खाँदा विभिन्न पोषक तत्वहरु जस्तो– मिनरल्स, एन्टिअक्सिडेन्ट आदि प्राप्त हुन्छ । उसिनेको आलु खाँदा यसबाट प्रोटिन, फाइबर, फालेट, भिटामिन ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘सी’, म्याग्नेसियम, पोटासिएम, सोडियम, फसफोरस, जिंक आदि प्रशस्त मात्रामा पाइन्छ ।

तर जब तारेको आलु, आलु टिक्किया, फ्रेन्च फ्राइ, फ्राइड चार्ट, आलु चिप्स, आलु समोसा आदि खाइन्छ, यसले निश्चिय नै शरीरको तौल बढाउँछ । किनभने चिल्लोमा आलुलाई फ्राइ गरेपछि यसमा कार्बोहाइड्रेडको मात्रा अत्यधिक बढ्छ र यसले मानिसको तौल पनि बढाउँछ ।
१ सय ग्राम आलुमा १७ ग्राम कार्बोहाइड्रेड हुन्छ, जबकि १ सय ग्राम फ्राइड आलुमा ४१ ग्राम कार्बोहाइड्रेड हुन्छ । यसले गर्दा फ्राइड आलु खानेहरुको तौल बढ्ने गर्छ । तर उसिनेको आलुलाई १५–२० मिनेट जति बरफ पानीमा राखेर खाइयो भनेचाहिँ तौल घटाउन सहयोग गर्छ ।

उसिनेको आलुलाई बरफ राखेर चिसो बनाउँदा आलुको रेसिस्टेन्ट स्टार्च ९च्भकष्कतबलत क्तचबअज० को मात्रा कम हुन्छ । यस कारणले यो आलुले तौल बढ्न दिँदैन । साथै मेटाबोलिज्म तीव्र बनाउँछ र शरीरमा जम्मा भएको अतिरिक्त बोसोलाई कम गरिदिन्छ ।

यसरी उसिनेर चिस्याएको आलुलाई जनुसुकै परिकार बनाउन पनि सकिन्छ । तर यस्ता परिकार बनाउँदा सकेसम्म घिउ वा तेल नराख्ने, राख्नै परे पनि ज्यादै थोरै मात्र राख्नुपर्छ । अनि मात्र यसले फाइदा दिन्छ । साथै यसरी तयार गरिएको आलुमा पोटासियम राम्रो मात्रामा हुन्छ । यसले गर्दा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ । उम्लेको आलुमा फाइबरको मात्रा पनि प्रशस्त हुन्छ, जसले पेट सफा गर्न मद्दत गर्छ ।

आलु भिटामिन ‘बी’ कम्प्लेक्स तथा कार्बोहाइड्रेडको राम्रो स्रोत हो । यसले शरीरलाई तुरुन्त शक्ति दिन्छ । यसका साथै आलु खाँदा यसले धेरै बेरसम्म पेट भरिएको महसुस गराउँछ । यसले गर्दा तुरुन्त खान मन लाग्दैन ।

अनि तुरुन्तै भोक लागेको महसुस भएर छिट्टै खाना खानुपर्ने स्थिति हुँदैन । आलु खाएपछि छिटो–छिटो भोक नलाग्ने भएकाले खाना धेरै ढिलो खाने वा थोरै खानाले पनि पुग्ने हुन्छ । यसले गर्दा तौल घटाउन मद्दत पुग्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्