इटालियन सिरी ए फुटबलः मिलान डर्बीमा इन्टर मिलानको शान – Janadesh Daily | ePaper

इटालियन सिरी ए फुटबलः मिलान डर्बीमा इन्टर मिलानको शान


जनादेश स्पोर्ट्स् ।
इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको मिलान डर्बीमा इन्टर मिलान विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा लौतारो मार्तिनेजको दुई तथा रामेलु लुकाकुको एक गोलका सहयोगमा इन्टर मिलानले एसी मिलानलाई ३–० ले पराजित गरेको हो ।

मार्तिनेजले पाँचौँ र ५७ औँ तथा लुकाकुले ६६ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको इन्टर मिलानको २३ खेलबाट ५३ अंक भएको छ । पराजित भएको एसी मिलान २३ खेलबाट ४९ अंकसहित दोस्रो स्थानमा कायम छ ।

आइतबार राति नै भएको खेलमा नापोलीलाई ४–२ ले पराजित गरेको एट्लान्टा ४३ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

अरु खेलमा तेस्रो स्थानको रोमा वेनेवेन्तोसँग गोलरहित बराबरी रोकिँदा पार्मा र युडिनेसले २–२ को बराबरी खेलेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्