रुबिना बनिन् बिग बोस, जितिन भारु ३६ लाख – Janadesh Daily | ePaper

रुबिना बनिन् बिग बोस, जितिन भारु ३६ लाख


अन्तर्राष्ट्रिय अपडेट ।

भारतको रियालिटी सो बिग बोसको १४औं सिजन रुबिना दिलैकले जितेकी छन्। योसँगै उनले भारु ३६ लाख नगद प्राप्त गरेकी छन्।

रुबिना यसअघि टीभी सिरियल ‘छोटी बहू’ की चर्चित अभिनेत्री थिइन्। यस्तै राहुल वैद्य बिग बोसको फर्स्ट रनर अप बनेका छन्। इन्डियन आइडलको पहिलो सिजनमा पनि उनी उत्कृष्ट तीनमा परेका थिए।

बिग बोसको यो सिजनमा रुबिनाको दम्पतीले नै प्रतिस्पर्धामा भाग लिएका थिए। उनका पति अभिनव शुक्ला पनि सिरियल ‘छोटी बहू’बाटै चर्चामा आएका कलाकार हुन्।

यस्तै निशान्त सिंह मलकानी, राखी सावन्त, जस्मिन भसिन, सारा गुरपाल, पवित्रा पुनिया, जान कुमार सानु, शहजाद देओल, निक्की तम्बोली र एजाज खान बिग बोसमा सहभागी थिए।

सोका होस्ट सलमान खानले विजेता घोषणा गर्नुअघि फाइनलमा पुगेका सबै प्रतियोगीलाई १४ लाख भारु लिएर प्रतियोगिताबाट बाहिरिन सकिने विकल्प दिएका थिए।

यस विषयमा सोचेर निर्णय लिन ३० सेकेन्डको समय दिइएको थियो। राखी सावन्तले भने पहिले नै विचार गरेकी थिइन्, १४ लाख लिएर प्रतियोगिता छाड्नुपर्छ।

बिग बोसको अघिल्लो सिजन सिद्धार्थ शुक्लाले जितेका थिए भने आसिम रियाज फर्स्ट रनर अप बनेका थिए।

शोमा माधुरी दिक्षित, धर्मेन्द्र, रितेश देशमुख पनि देखिएका थिए । २२ सदस्यसँग ३ अक्टुबरमा सुरु भएको बिग बोस ११७ एपिसोडसम्म चलेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्