गलकोटमा सामूहिक किबी खेती – Janadesh Daily | ePaper

गलकोटमा सामूहिक किबी खेती


बलेवा ।

बागलुङको गलकोट नगरपालिका–४ खरुवाका किसानले सामूहिक किबी खेती अभियान थालेका छन् । समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन् । समूहमा खेती गर्दा बजारीकरणमा सहज हुने र खेती गर्ने जमीनकोसमेत एकीकरण हुने भएकाले सामूहिक खेती थालेको किसान बताउँछन् ।

गलकोट नगरपालिकाको रु एक लाख ५० हजार आर्थिक सहयोग र बराहथान किबी उत्पादक कृषक समूहको आफ्नो लगानीबाट शनिबार ३०० किबीका बिरुवा रोपिएको हो । किबीका लागि खाडल खन्ने, ढुवानी र रोपण गर्ने समयसम्म रु सात लाख खर्च भएको समूहका अध्यक्ष उमाकान्त सुवेदीले बताउनुभयो ।

“नगरले समूहलाई अनुदान दिएको छ, किसानको मेहनत र नगद लगानीसमेत सामूहिक रुपमा भएको छ”, उहाँले भन्नुभयो,“व्यावसायिक उत्पादनको आशा राखेका छौं ।” किसानले एक हजार ५०० बिरुवा रोप्ने योजना बनाएका छन् । पहिलो चरणमा १५ रोपनी जमीन व्यवस्थापन गरेर थालिएको अभियानलाई अझै बढाउने र किबीको पकेट क्षेत्र बनाउने योजना पनि उनीहरुले सुनाए । सुवेदीले भन्नुभो,“यो पहिलो चरणको थालनी मात्रै हो ।” किसानले थालेको अभियानमा वडाध्यक्ष बलबहादुर खत्रीले साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

साथै उहाँले बिरुवा खोजी र बजारीकरणको अभियानमा साथ दिने बताउनुभयो । गलकोट नगरपालिकाका कृषि अधिकृत हरिदत्त सुवेदीले किसानको मेहनतलाई प्राविधिक सहयोग गरेर सफल बनाउने बताउनुभयो । गलकोट क्षेत्रका केही किसानले व्यक्तिगत रुपमा लगाएको किबीले राम्रो फसल दिएकाले यहाँको माटो किबीका लागि उर्वर रहेको मानिएको छ ।

“धान कोदो लगाउँदा दुःख धेरै आम्दानी कम हुने अवस्था छ”, किसान सुवेदीले भन्नुभयो, “किबीको बजार राम्रो छ, तत्कालै नगद पर्ने भएकाले पनि किसानका खर्च चलाउन सहज हुन्छ ।” खेतबारी र पाखोबारीका साथै किसानले वनमारा फँडानी गरेर खेतीयोग्य जमीन छेउका पखेरामासमेत बिरुवा लगाउने योजना बनाएका छन् ।

सुरक्षित वैदेशिक रोजगारीबारे सचेत बन्दै

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन बागलुङका चार स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुन थालेपछि समुदायले चासो राख्न थालेका छन् ।

वैदेशिक रोजगारीको विषयमा पर्याप्त सूचनाको तथा प्रमाण सङ्कलनको अभावले ठगिने र न्यायमा पहुँच पुग्ने भएपछि समुदाय तहमा पुगेर रोजागरीको लागि विदेशिने सम्भावित युवा र तिनका परिवारलाई सचेत गराउन थालिएको हो । सचेतना कार्यक्रममा सहभागी भएकाले चासोका साथ रोजगारीको विषयमा जानकारी लिने गरेका छन् ।

स्थानीय तहको नेतृत्व, स्थानीय सेवा प्रदायक संस्था विवाइसीको स्थानीय व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना ९सामी० अन्र्तगत ती स्थानीय तहको टोल टोलमा पुगेर वैदेशिक रोजगारमा रहेका परिवारका सदस्य र सम्भावित युवालाई सचेत गराउन थालेको सामी परियोजना संयोजक मीनप्रसाद उपाध्याले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीले देशमा गरीबी घटाउन ठूलो योगदान गरेको छ । यद्यपि वैदेशिक रोजगारीका फाइदाका अतिरिक्त यसमा विभिन्न किसिमका जोखिम छन् । वैदेशिक रोगजारीका क्रममा ठगिमा पर्ने, झुठो आश्वासन कबुल गरे भन्दा फरक काम तथा फरक सेवा सुविधा उपलब्ध हुने अवस्था छ ।

वैदेशिक रोजगारीमा चाहिने आवश्यक कागजातको सुरक्षा, मेनपावर कम्पनी अथवा एजेन्टलाई रकम उपलब्ध गराउँदा सङ्कलन गर्नुपर्ने प्रमाण, गन्तव्य मुलुकमा जाँदा नेपाली समाज र राजदूतावासको सम्पर्क र समन्वय, न्यायिक पहुँच र कानूनी आधारमा समुदायस्तरमा सचेत गरिएको छ ।

बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकाको विभिन्न स्थानमा सामुदायिक अभिमुखीकरण तथा गहन अभिमुखीकरणका कार्यक्रम सञ्चालन गरिएको संयोजक उपाध्याको भनाइ छ । “विदेश जाँदा घरमा कागजात छोड्नुपर्ने विषयमा जानकारी थिएन”, बानपा–६ का देवेन्द्र परियारले भन्नुभयो, “सानो सतर्कता अपनाउँदा न्यायिक पहुँचमा जान सकिने जानकारी भयो ।”

वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र उपलब्धिमूलक एवं शोषणरहित बनाउन सुरक्षित आप्रवासन परियोजना ९सामी० तेस्रो चरण नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षीय सम्झौताअन्तर्गत सञ्चालित छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र ३९ जिल्लाका १५६ स्थानीय सरकारको नेतृत्वमा सञ्चालित कार्यक्रमका लागि हेल्भेटासले प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

वैदेशिक रोजगारीमा जोखिम कम गर्दै यसबाट प्राप्त हुने प्रतिफल वृद्धि गर्न बागलुङ, जैमिनी, गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा गत वर्षको मङ्सिरदेखि सामी परियोजना सञ्चालनमा रहेको छ ।

परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि परामर्श, निःशुल्क कानूनी सेवा, निःशुल्क सीप तालीम, मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरता र फर्केका युवाका लागि सामाजिक पुनःस्थपनाको काम गर्दै आएको विवाइसीका अध्यक्ष मणि शर्माले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्