कङ्गोली लडाकुको आक्रमणमा परी इटालीका राजदूतको मृत्यु – Janadesh Daily | ePaper

कङ्गोली लडाकुको आक्रमणमा परी इटालीका राजदूतको मृत्यु


कंगोमा विद्रोही समूहको आक्रमणबाट इटालीका राजदूतको ज्यान गएको छ ।

कन्यामाहोरो शहरनजिकै राष्ट्रसंघीय गस्तीमा विद्रोही समूहले आक्रमण गर्दा राजदूत लुसा एटानासियो र एक सैनिक प्रहरीको ज्यान गएको इटालीको विदेशमन्त्रायले पुष्टि गरेको छ । अपहरणको प्रयासका क्रममा भाग्दै गर्दा लडाकूले गोली प्रहार गरेको जनाइएको छ ।

आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन । इटालीको विदेशमन्त्रालयका अनुसार राजदूत एटानासियो सन् २ हजार १७ यता किन्शासामा मिशनको नेतृत्वमा रहेकोमा सन् २ हजार १९मा राजदूत नियुक्त भएका थिए ।

द्वन्द्वग्रस्त कंगोमा दर्जनौं हतियारधारी समूहको सक्रियता रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्