प्रिमियर लिगः ब्राइटनको मैदानमा क्रिष्टल प्यालेसको महत्वपूर्ण जित – Janadesh Daily | ePaper

प्रिमियर लिगः ब्राइटनको मैदानमा क्रिष्टल प्यालेसको महत्वपूर्ण जित


जनादेश स्पोर्ट्स ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा क्रिष्टल प्यालेस विजयी भएको छ। अवे मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसले ब्राइटनलाई २–१ ले पराजित गरेको हो।

२८ औँ मिनेटमा जिन–फिलिपे मातेताले गोल गरेर प्यालेसलाई सुरुवाति अग्रता दिलाए । ५५ औँ मिनेटमा ब्राइटनका लागि डिफेन्डर जोएल वेल्ट्म्यानले बराबरी गोल गरे ।

तर इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा क्रिष्टियन बेन्तेकेले गोल गरि क्रिष्टल प्यालेसलाई जित दिलाएका हुन् ।

जितपछि २५ खेलबाट ३२ अंकसहित क्रिष्टल प्यालेस १३ औँ स्थानमा उक्लिएको छ । ब्राइटन २६ अंकसहित १६ औँ स्थानमा कायम छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्