नजिकिँदै फैसलाको घडीः संसद विघटनसम्बन्धी मुद्दाको पेसी आज – Janadesh Daily | ePaper

नजिकिँदै फैसलाको घडीः संसद विघटनसम्बन्धी मुद्दाको पेसी आज


जनादेश मिडिया वाच ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएसँगै मंगलबार पेसी तोकिएको छ । ४ माघ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब फैसलाको तयारीमा जुटेको छ । अर्थात् अब छिट्टै सर्वोच्च अदालतमा निसु (निर्णय सुनाउने) प्रक्रियामा अघि बढ्नेछ ।

सर्वोच्चले फैसला छिट्टै गर्नका लागि १० फागुनसम्म आफ्नो बहस नोट बुझाउन बहसकर्तालाई समय तोकेको थियो । सो मितिमा सबै कानुन व्यवसायीले आफ्नो बहस नोट बुझाइसकेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा गम्भीर संवैधानिक प्रश्न उठेपछि अदालतले एकिमस क्युरी (अदालतको सहयोगी) समेत राखेर परामर्श लिएको थियो ।

अदालतले गत १० पुसमा प्रतिनिधिसभा विघटनको विषयमा गम्भीर संवैधानिक प्रश्न उठेको भन्दै एमिकस क्युरी झिकाउने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध १२ वटा रिटको सुनुवाइमा पक्ष र विपक्षीको मत सुनेपछि एमिकस क्युरीको राय लिइएको थियो ।

राजधानी दैनिकबाट साभार ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्