सिरिएमा युभेन्टसको महत्वपूर्ण जित, रोनाल्डोले गरे दुई गोल – Janadesh Daily | ePaper

सिरिएमा युभेन्टसको महत्वपूर्ण जित, रोनाल्डोले गरे दुई गोल


जनादेश स्पोर्ट्स् ।

क्रिष्टियानो रोनाल्डोले हेड मार्फत गरेका दुई गोलको सहयोगमा जित निकाल्दै युभेन्टस इटालियन सिरी ए फुटबलको तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

लिग अन्तर्गत सोमबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्टसले क्रोतोनेलाई ३–० ले पराजित गरेको हो । रोनाल्डोले ३८ र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा हेड मार्फत गोल गरेका हुन् । यस्तै वेस्टन म्याकेनीले ६६ औँ मिनेटमा गोल गरे ।

रोनाल्डोले सिरी ए मा अहिलेसम्म ७० गोल गरिसकेका छन् । उनी यो सिजन सिरी ए का सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् । १८ गोल गरेका उनले इन्टर मिलानका रामेलु लुकाकुलाई उछिनेका हुन् ।

जित निकालेको युभेन्टस २२ खेलबाट ४५ अंकसहित तेस्रो स्थानमा पुगेको छ । उ २३ खेलबाट ५३ अंकसहित शीर्ष स्थानमा रहेको इन्टर मिलान भन्दा ८ अंकले पछि छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्