संसद विघटन सदर कि बदरः प्रधानन्यायाधीश राणाको सन्देश- फैसला जुनसुकै बेला हुनसक्छ – Janadesh Daily | ePaper

संसद विघटन सदर कि बदरः प्रधानन्यायाधीश राणाको सन्देश- फैसला जुनसुकै बेला हुनसक्छ


जनादेश वाच ।

संसद विघटनको निर्णय सदर कि बदर भन्नेमा अन्तिम निर्णय दिने तयारी सर्वोच्च अदालतले गरेको छ । अदालतको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधि सभा विघटन मुद्दा आज (मंगलबार) देखि हेर्दाहेर्दैमा जाने छ ।

संसद् विघटनविरुद्ध परेका रिटका पक्ष र विपक्षमा बहस गरेका अधिवक्तालाई बहस नोट बुझाउन हिजो (सोमबार) सम्मको समय दिएको इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुन सक्ने जानकारी गराएको हो।

संसद विघटनविरुद्ध परेका रिटबारे सुनुवाइ भने पुस ८ गते सुरु भएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधानको धारा १३७ (३) बमोजिम मुद्दा संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो । त्यसपछि संसद् विघटन मुद्दाको बहस संवैधानिक इजलासमा भएको थियो।

गएको शुक्रबार बहस सकिएको थियो । त्यसपछि सर्वोच्चले सोमबारसम्म बहस नोट पेश गर्ने समय दिएको थियो । सो समय सकिएसँगै मंगलबार (फागनु ११ गते) देखि मुद्दा हेर्दा हेर्दैमा गएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसको निर्णय मिति नतोकिएको भए पनि ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्ने बताएका छन् ।

उनले शुक्रबार भनेका थिए, ‘३२–३३ दिन बहस भयो। बहसको फैसला तोकिएको छैन। तर ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्छ।’

एमिकस क्युरीले अत्याधिक बहुमतसहित विघटन खारेज गर्न सुझाव दिएको छ ।

यो पनि हेर्नुस्-

 विघटनको फैसला आउन बाँकी, प्रधानमन्त्रीको दबाबमा निर्वाचन आयोगले निकाल्यो सूचना

नजिकिँदै फैसलाको घडीः संसद विघटनसम्बन्धी मुद्दाको पेसी आज

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्