रामदेवको कोरोनाको औषधी सार्वजनिक गरेका भारतीय स्वास्थ्यमन्त्री संकटमा, आईएमएले माग्यो स्पष्टिकरण – Janadesh Daily | ePaper

रामदेवको कोरोनाको औषधी सार्वजनिक गरेका भारतीय स्वास्थ्यमन्त्री संकटमा, आईएमएले माग्यो स्पष्टिकरण


जनादेश, काठमाडौँ ।

भारतीय चिकित्सक संघ (आईएमए) ले केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनसँग स्पष्टिकरण मागेको छ । चर्चित योगगुरु रामदेवको कम्पनीद्वारा निर्माण गरिएको कोरोनाविरुद्धको औषधी कोरोनिल सार्वजनिक गरेकोमा हर्ष वर्धनसँग आईएमएले स्पष्टिकरण मागेको हो ।

सोमबार एक वक्तव्य जारी गर्दै आइएमएले हर्ष वर्धनमाथि मेडिकल काउन्सिल अफ इन्डियाको कोड अफ कन्डक्टको अपहेलना गरेको अभियोग समेत लगाएको छ । ‘नियमका अनुसार कुनै पनि डाक्टरले कुनै औषधी प्रोमोट ​गर्न सक्दैन तर केन्द्रीय मन्त्री जो आफैं एक डाक्टर हुन्, उहाँले यो औषधीको प्रोमोट गर्नु आफैंमा अचम्मको कुरा हो ’ वक्तव्यमा लेखिएको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनले अघिल्लो शुक्रबार मात्र दिल्लीको कन्स्टिट्युशनल क्लबमा रामदेवद्वारा आयोजित एक पत्रकार सम्मेलनमा भाग लिदैँ ‘कोरोनिल’ सँग जोडिएको शोधपत्र थुप्रै अन्तर्राष्ट्रिय जर्नल्समा प्रकाशित गरिएको दाबी गरेका थिए ।

पत्रकार सम्मेलनपछि रामदेवले विभिन्न टिभी च्यानलमा कोरोनिलले विश्व स्वास्थ्य संगठनको तर्फबाट संसारको १५४ देशमा पठाउने मान्यता पाएको समेत बताएका थिए । तर, रामदेवको यो दावी झुटो सावित भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने कोरोनिललाई कुनै प्रकारको मान्यता नदिएको भन्दै खण्डन गरेको छ । डब्ल्यूएचओको खण्डनसँगै आइएमएले कार्यक्रममा उपस्थित स्वास्थ्यमन्त्रीमाथि प्रश्न उठाएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्