सर्वोच्चले ओलीको अलोकतान्त्रिक कदम सच्याएर संसद पुनर्स्थापना गर्छ : प्रचण्ड – Janadesh Daily | ePaper

सर्वोच्चले ओलीको अलोकतान्त्रिक कदम सच्याएर संसद पुनर्स्थापना गर्छ : प्रचण्ड


जनादेश, काठमाडौँ ।

प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापना हुनेमा पूर्ण विश्वास रहेको बताएका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदम सच्याएर संसद पुनर्स्थापना गर्नेमा आफू विश्वस्त रहेको प्रचण्डले बताए । मंगलबार काठमाडौँमा आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने

‘जनयुद्ध र जनआन्दोलनको बलमा संविधानसभाबाट निर्मित संविधानको बलमा निर्वाचन आयोग, सर्वोच्च अदालत लगायतका संवैधानिक निकायहरुले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन् भन्ने हाम्रो पूरा विश्वास छ’, प्रचण्डले भने, ‘अदलतमा बहस सकियो, आजबाट हेर्दाहेर्दैका छ। कुनै पनि बेला अदालतबाट संविधान मिच्ने र संसदलाई विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदम सच्चिन्छ र संसद पुनर्स्थापना हुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्