होसियार ! कफी सेवनले पार्छ गर्भधारणमा असर – Janadesh Daily | ePaper

होसियार ! कफी सेवनले पार्छ गर्भधारणमा असर


युरोप र अमेरिकामा कफीलाई चियाजस्तै गरेर पिउने गरिन्छ । जसरी बढी चियाको सेवनले शरीरमा नकारात्मक असर पार्छ त्यो भन्दा बढी कफीको सेवनले गर्भधारणमा असर पार्छ भन्ने कुरा अमेरिकामा गरिएको अनुसन्धानबाट पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले हालै गरेको एक अनुसन्धानअनुसार एक दिनमा ३ सय मिलिग्राम क्याफिनको मात्रा सेवन गर्ने महिलामा गर्भधारण गर्ने क्षमतामा ३० प्रतिशतले कमी आउँछ । कफीमा क्याफिनको मात्रा बढी हुने हुँदा वैज्ञानिकहरुको सुझावअनुसार महिलाले दिनमा २ कपभन्दा बढी कफीको सेवन गर्नु भनेको गर्भधारण क्षमतामा कमी ल्याउनु हो ।

एक कप कफीमा १०० मिलिग्राम क्याफिन हुन्छ भने चियामा ५० र सोडामा ४० मिलिग्राम क्याफिन हुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्