च्याम्पियन्स लिगमा बार्यन म्युनिखको शानदार जित – Janadesh Daily | ePaper

च्याम्पियन्स लिगमा बार्यन म्युनिखको शानदार जित


जनादेश स्पोर्ट्स ।

जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा जित हाँसिल गरेको छ। अन्तिम १६ को पहिलो लेग अन्तर्गत अवे मैदानमा भएको खेलमा बार्यन म्युनिखले इटालियन क्लब लाजिओलाई ४–१ ले पराजित गरेको हो ।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्की, मुसिएला र लिरोय सानेले एक–एक गोल गरे । यस्तै लाजिओका एसिर्बीले आत्मघाती गोल गरे । घरेलु टोली लाजिओका लागि ४९ औँ मिनेटमा वाकिन कोरियाले एक गोल फर्काए ।

बार्यनका लागि लेवान्डोस्कीले नवौँ, मुसिएलाले २४ औँ तथा सानेले ४२ औँ मिनेटमा गोल गरेका हुन्।

लाजिओका एसिर्बीले ४७ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् । दोस्रो लेग आउँदो मार्च १७ मा बार्यनको मैदानमा हुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्