सर्वोच्चको फैसलापछि संकटमा परेको ‌ओली समूह आन्तरिक परामर्शमा, बालुवाटारमा पत्रकारलाई निषेध – Janadesh Daily | ePaper

सर्वोच्चको फैसलापछि संकटमा परेको ‌ओली समूह आन्तरिक परामर्शमा, बालुवाटारमा पत्रकारलाई निषेध


जनादेश, काठमाडौँ ।

संसद पुनर्स्थापना पछिको परिस्थितिमा आफ्नो समूहको रणनीति तय गर्न प्रधानमन्त्री केपी ओलीले परामर्श थालेका छन् ।

परामर्शकै लागि ‌ओलीले आफ्नो समूहका स्थायी समिति सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । ओली समूहको स्थायी समिति बैठकमा आगामी रणनीति तय हुने बताइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाको स्थायी समिति बैठक सुरु भएको नेता सुवास नेम्वाङले जानकारी दिए । संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाउनु भएको हो । बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, नेम्वाङ लगायत सहभागी छन् ।

बालुवाटारमा पत्रकारहरुलाई प्रवेश दिइएको छैन। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले मंगलबार बदर गरेको थियो।

संसद विघटनलाई बदर गर्न नमिल्ने जिकिर गर्दै आएको ओली समूह सर्वोच्चको फैसलापछि संकटमा परेको छ । प्रधानमन्त्रीले राजीनामा दिने कि संसद फेस गर्ने भन्ने निर्णय पनि आजको बैठकबाट हुने अनुमान गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्