सुरु भो सत्ता समीकरणको प्रयास, प्रचण्ड-माधव देउवा भेट्न बुढानिलकण्ठ जाँदै – Janadesh Daily | ePaper

सुरु भो सत्ता समीकरणको प्रयास, प्रचण्ड-माधव देउवा भेट्न बुढानिलकण्ठ जाँदै


जनादेश, काठमाडौँ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल अघि बढाएका छन् ।

प्रचण्ड र नेपाल देउवालाई भेट्न बूढानीलकण्ठ जाने तय भएको छ । उनीहरूबीच दिउँसो १ बजेदेखि छलफल हुने देउवानिकट एक नेताले बताए। विकसित राजनीतिक घटनाक्रम र आगामी योजनाबारे प्रचण्ड–नेपालले देउवासँग भेट गर्न लागेका हुन्।

चितवनबाट बिहान विमानमा काठमाडौं आएका प्रचण्ड र नेपालले देउवासँग विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने तयारी गरेका हुन् । संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि मंगलबार कांग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्डले बधाई साटासाट गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कांग्रेस र नेकपा प्रचण्ड नेपाल समूह विरोधमा सडक आन्दोलनमा उत्रिएका थिए।

नेपाल कम्युनिस्ट पार्टी (नेकप) को माधव-प्रचण्ड पक्षले बुधबार संसदीय दलको बैठक बोलाएको छ।

दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाएको हो।प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै चितवनमा बुधबार गरिने भनिएको विरोध सभालाई विजय उत्सव मनाउन निर्देशन दिँदै उनीहरु बिहान विमानमार्फत काठमाडौं फर्किएका हुन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्