प्रचण्ड-नेपाल र देउवाबीच बुढानिलकण्ठमा छलफल, आन्तरिक छलफलपछि फेरि बस्ने सहमति – Janadesh Daily | ePaper

प्रचण्ड-नेपाल र देउवाबीच बुढानिलकण्ठमा छलफल, आन्तरिक छलफलपछि फेरि बस्ने सहमति


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुरबीच भेटवार्ता भएको छ ।

विकसित राजनीतिक घटनाक्रम र अब कसरी अगाडि जाने भन्नेबारे सभापति देउवासँग प्रचण्ड-नेपालले छलफल गरेका हुन् । बुधबार दिउँसो २० मिनेट देउवाको निवास बुढानिलकण्ठमा भएको छलफलमा आन्तरिक छलफल गरेर फेरि बैठक गर्ने सहमति भएको छ।

सभापति देउवाले बिहीबार अपरान्ह ३ बजे पार्टी पदाधिकारी बैठक बोलाएका छन् । उता प्रचण्ड-नेपाल पक्ष पनि आन्तरिक छलफलमा जुटेको छ । पेरिसडाँडामा स्थायी कमिटीको अनौपचारिक बैठक बसेको छ भने आजै अपरान्ह ४ बजे संसदीय दलको पनि बैठक बस्दैछ ।

मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई बदर गरिदिएको थियो। प्रतिनिधि सभा पुनर्स्थापनासँगै अब बन्ने नयाँ सरकारको पनि पहल सुरु भएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्